28 June ,2025,Saturday

कर्फ्यूका कारण आजको रात्रि बजार स्थगित

वीरगंज, ३० चैत । नयाँ वर्ष २०८२ को स्वागतमा आयोजित रात्रि बजार शनिबार स्थगित भएको छ । वीरगंज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।
हनुमान जयन्तिको अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कर्फ्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो ।
भोलिको रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कर्फ्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक संस्था वीरगंज महानगरपालिकाले जनाएको छ ।
नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो ।
नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।
महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...