22 July ,2025,Tuesday

नयाँबसपार्क सहकारीको १४औँ वार्षिक साधारणसभा सम्पन्न, सुदीपकुमार श्रेष्ठ नयाँ अध्यक्ष चयन

काठमाडौँ, चैत ३१ – काठमाडौँ महानगरपालिका–२६, गोँगबुमा अवस्थित नयाँबसपार्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ।
दियालो फुडल्याण्डमा आयोजित सभामा संस्थाका निवर्तमान अध्यक्ष लिलाप्रसाद ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले सहकारी संस्था प्रतिको जनविश्वास पुनःस्थापना गर्न अनुशासन र पारदर्शिता अत्यावश्यक रहेको धारणा राखे।
“सहकारीलाई मर्यादित रूपमा अघि बढाएमा नागरिकमा पुनः भरोसा जाग्नेछ,” वडाध्यक्ष तिवारीले भने, “चाँडो लाभ कमाउने आशामा गरिने गैरजिम्मेवार कार्यले संस्थाको छवि धूमिल हुने भएकाले सजग रहनुपर्छ।”
निवर्तमान अध्यक्ष ढकालले संस्थाले आरम्भदेखि नै शेयरधनीको विश्वास जित्दै अघि बढेकाले हालसम्म कुनै ठूला समस्या नआएको जानकारी दिए। वि.सं. २०६७ सालमा २५ जना संस्थापक शेयरधनीद्वारा स्थापना गरिएको यो सहकारीमा हाल करिब ५०० जना शेयरधनी आबद्ध छन्।
अधिवेशनले नयाँ नेतृत्व समेत चयन गरेको छ। सुदीपकुमार श्रेष्ठको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा देवराज नेपाल, सचिवमा जानुका ढकाल नेपाल, कोषाध्यक्षमा देवी कार्की चयन भएका छन्। यस्तै, सदस्यहरूमा होम गिरी, हिमकुमार मल्ल र ओमनाथ भट्टराई रहेका छन्।
लेखा समिति संयोजकमा दामोदर घिमिरे चयन भएका छन् भने सदस्यहरूमा शिव श्रेष्ठ र मनिषा ढुंगाना नेपाल रहेका छन्।
संस्थाले आगामी दिनहरूमा सदस्यहरूको हितमा आधारित कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...