28 June ,2025,Saturday

सामाजिक संजाल मार्फत समाजमा द्वेष र उत्तेजना सिर्जना गर्नेलाई कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

वीरगंज, २ वैशाख । सामाजिक संजाल मार्फत उत्तेजाना । अराजकता फैलाउने किसिमका पोष्ट गर्नेहरुलाई स्थानीय प्रशासनले कारावाहीको चेतावनी दिएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरू मार्फत समाजमा द्वेष र उत्तेजना सिर्जना गर्ने गरी सार्वजनिक भएका भ्रामक सूचनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन।

अर्यालले अफवाहहरूलाई विश्वास नगर्न सबैलाई आग्रह गरेका छन । सूचनामा खासगरी पुराना घटनाहरूलाई बंग्याएर वा गलत तरिकाले प्रस्तुत गरी वीरगंजको परिवेशलाई प्रतिकूल असर गर्ने र वीरगंजमा नै शान्ति खल्बल्याउने उद्देश्यले असत्य सामग्रीहरू सार्वजनिक भएको पाइएको उनले उल्लेख गरेका छ ।

यस्ता कार्य गर्ने, शेयर गर्ने, लाइक गर्ने र सामाजिक सद्भाव बिथोल्ने गरी कुनै कार्य गर्ने र गराउने उपर कानून बमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिएका छन । साथै, त्यस्ता सामग्रीहरूलाई निरुत्साहित गर्न सम्पूर्णमा अनुरोध गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...