22 July ,2025,Tuesday

वीरगंजको सद्भाव खल्बल्याउने घटनामा मन्त्री गुप्ताको ध्यानाकर्षण, दोषीमाथि छानबिन र कारबाहीको निर्देशन

वीरगंज, ३ वैशाख । हनुमान जयन्तीको अवसरमा वीरगंजमा निकालिएको शोभा यात्राका क्रममा भएको झडपले सिर्जना गरेको तनाव र त्यसपछि विकसित घटनाक्रमप्रति संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको ध्यानाकर्षण भएको छ ।

धार्मिक, साँस्कृतिक तथा जातीय विविधताबीच आपसी सम्मान र भाइचाराको भावना प्रकट गर्नु सबै नागरिकको मानवीय कर्तव्य भएको उल्लेख गर्दै मन्त्री गुप्ताले समाजमा शान्ति र सहिष्णुता कायम राख्न सबै पक्षबाट संयम र समझदारीको आवश्यकता रहेको बताएका छन् ।

झडपपछिको अवस्थालाई ध्यानमा राख्दै मन्त्री गुप्ता निरन्तर स्थानीय प्रशासन र सुरक्षा निकायहरूसँग सम्पर्कमा रहेको मन्त्री गुप्ताका प्रेस सल्लाहकार कृष्णप्रसाद कुशवाहाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाका दोषीहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन उनले प्रहरी प्रशासनलाई कडा निर्देशन दिएका छन् ।

“कुनै पनि वहानामा आपसी सद्भाव भङ्ग गर्ने कार्य दुःखद र चिन्ताजनक हो । नागरिकहरूले एकअर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान जनाउनु नै सहअस्तित्वको आधार हो,” मन्त्री गुप्ताले भनेका छन् ।

झडपपछि दुवै समुदायका प्रतिनिधिहरू र विभिन्न राजनीतिक दलहरूको सर्वदलीय बैठक बसेर घटनाको समिक्षा गरिएको थियो । उक्त बैठकबाट तयार भएको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, अनुसन्धान र कारबाही प्रक्रियालाई अगाडि बढाउन मन्त्री गुप्ताले आग्रह गरेका छन् ।

मुलुककै आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा परिचित वीरगञ्जमा सामाजिक सद्भावमा खल्बल ल्याउने प्रयासप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनले सबै वीरगञ्जवासीलाई संयमित र सजग रहन अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...