22 July ,2025,Tuesday

धार्मिक सद्भावमा खलल नपुर्याउन राजनीतिक दलहरूको अपिल

वीरगंज, ३ वैशाख । पर्साका राजनीतिक दलहरूले वीरगंजमा कुनै पनि पक्षलाई धार्मिक र सामाजिक सदभावमा खलल नपुर्याउन अपिल गरेको छ । बुधवार नेपाली कांग्रेसको पार्टी कार्यालय, वीरगंजमा बसेको सर्वदलीय बैठकले प्रेस बिज्ञप्ती जारी गर्दै सो अपिल गरेको हो । बैठकमा पर्सा जिल्लाको पछिल्लो समय विकसित सम्पूर्ण घटनाक्रमको बिषयमा गहनरूपमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए । पन्तले बैठकमा दलहरूले आआफ्ना भातृ संगठनहरूलाई सामाजिक र धार्मिक सदभाव खलबलिने अभिव्यक्ति नदिन पनि सजग गराउने भद्र सहमति भएको बताए । बैठकमा नेपाली कांग्रेसका कावा सभापति रामनारायण कुर्मी, एमाले अध्यक्ष डा विश्वम्भर शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्त जसपा अध्यक्ष राम नरेश यादब, तबरेज आलम, वीमनपाका उपमेयर इम्तियाज आलम, जनमतका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ लगायतले बिचार राखेका थिए । निरन्तर सर्वदलीय बैठक मार्फत जिल्लाका समस्या समाधानमा अघि बढ्ने सहमती भएको पन्तले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...