21 July ,2025,Monday

सदभाव बिथोल्नेमाथि अनुसन्धान गर्न ६ दिन समय थप

वीरगंज, ३ वैशाख । हनुमान जयन्तीको दिन निकालिएको शोभायात्राको क्रममा धार्मिक सद्भाव भड्काएको आरोपमा पक्राउ परेका पाँच जनामाथि पर्सा जिल्ला अदालतले अनुसन्धाका लागि छ दिनको न्यायिक हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई अनुमति दिएको छ ।
सामाजिक सदभाव बिथोलेको आरोपमा प्रहरीले पक्राउ गरेका शेख खुर्सेद, सलाउदिन मियाँँ ठकुराई, रवि सरार्फ, बलजित सिंहलाई थप ६ दिन अनुसन्धानका लागि न्यायीक हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता किशोर लम्सालले जानकारी गराएका छन् ।
बुधवार पर्सा जिल्ला अदालतले उनीहरूलाई हिरासतमा राख्न ६ दिनको म्याद थप गरेको उनले जानकारी गराए । यसैगरी पर्सा प्रहरीले बुधवार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शकिल मियाँँ रहेको प्रहरीले जनाएको छ । सिसिटिभि फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओ विश्लेषणको आधारमा उनीहरूलाई पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताएका छन् ।
पक्राउ परेको दुईजनालाई राज्य विरूद्धको कसुर सम्बन्धी मुद्दा र बाँकी दुर्ई जनालाई आपराधिक उपद्रो सम्बन्धी मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...