21 July ,2025,Monday

वीरगंजलाई शान्त र समुन्नत बनाउन वीउवासंघको आग्रह

वीरगंज, ३ वैशाख । वीरगंज उद्योग वाणिज्य संघको बुधवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीउवासंघका अध्यक्ष अनिल अग्रवालले जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक राजधानीका रूपमा आफ्नो पहिचान बनाइरहेको वीरगंजको आर्थिक शक्ति र सामथ्र्यलाई सबैको सहयोग र सहकार्यबाट सुदृढ बनाउनु पर्ने आवश्यकता यतिखेर रहेको संघले जनाएको छ । पछिल्ला केही वर्षदेखि मधेश आन्दोलन, कोभिड १९ लगायतका कारण उद्योग, व्यापार, व्यवसायमा आएको संकुचन र गतिहीनताको प्रभाव वीरगंजले पनि प्रत्यक्ष रूपले भोगिरहेको समयमा विस्तारै उद्योग, व्यापारमा केही सुधार र अर्थतन्त्र गतिशील भइरहेको अवस्थामा पुनः यस किसिमको अवस्था सिर्जना हुनु दुःखद र विचारणीय विषय भएको संघले जनाएको छ । ‘सर्व धर्म समभाव’को मूल अभिष्टलाई प्रवद्र्धन गर्दै समाजलाई समुन्नत र सुसंस्कृत बनाएर लैजानु पर्ने दायित्व प्रत्येक नगरवासीको रहेको हुँदा वर्तमानको असहज परिस्थितिमा वीरगंजवासीलाई संयमित र सजग रहन अनुरोध गरेको छ । संघले वर्तमानको असहज परिस्थितिलाई सबै पक्ष मिलेर समाधान गर्न सामूहिक भूमिका केन्द्रित होस् भन्ने अपेक्षा सहित शान्ति र सद्भावबाटै समाज समुन्नत हुने भएकोले विज्ञप्ति मार्फत वीरगंजलाई शान्त र समुन्नत बनाउन अध्यक्ष अग्रवालले आग्रह गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...