spot_img

20 March ,2026,Friday

मुस्लिम संघका अध्यक्ष जफर अन्सारीमाथि वीउवासंघद्वारा कारबाहीको माग

वीरगंज, ४ वैशाख । वीरगंज उद्योग वाणिज्य संघले बिहीवार प्रेस विज्ञप्ति जारी गरी हनुमान जयन्तीको शोभा यात्रामा दुर्ई पक्ष बीच भएको झडप र त्यसबाट सिर्जना भएको तनाव र विकसित घटनाक्रमलाई लिएर मुस्लिम संघ, पर्साका अध्यक्ष जफर अंसारीले एभिन्यूज टेलिभिजनमा दिएको गैरजिम्मेवारीपूर्ण एवं निराधार अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष्F हरिप्रसाद गौतमले विज्ञप्ति जारी गर्दै मुस्लिम संघ, पर्साका अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर सामाजिक सद्भाव कायम राख्ने तर्फ समाजका सबै वर्गलाई आव्हान गर्नुको सट्टा त्यसको ठीक विपरीत वीरगंज उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष अशोककुमार वैधको समेत सहभागीता रहेको भनि दिएको गैरजिम्मेवारीपूर्ण बयान तत्काल फिर्ता लिई सार्वजनिक रूपमा माफी माग्नुपर्ने जनाएका छन् । विज्ञप्तिमा उनले दिएको अन्तर्वार्तामा मित्र राष्ट्र भारतको एक प्रतिष्ठित संस्थाको नामै लिएर उक्त संस्थाको समेत संलग्नता रहेको भनी दिएको अभिव्यक्तिबाट नेपाल र मित्रराष्ट्र भारत बीचको वर्षौदेखिको सम्बन्ध नै बिग्रिने भएकोले यस्ता आधारहीन, तथ्यहीन र सामाजिक सद्भाव बिथोल्ने अभिव्यक्ति दिने व्यक्ति माथि कडाभन्दा कडा कानूनी कारबाही हुनु पर्दछ भन्ने संघको माग रहेको अन्यथा संघ कानूनी उपचार खोज्न वाध्य हुने विज्ञप्तिमार्फत वीउवासंघका अध्यक्ष गौतमले चेतावनी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल