21 November ,2025,Friday

मन्त्री जयसवालद्वारा जगरनाथपुरमा रङ्गशालाको शिलान्यास

वीरगंज, ६ वैशाख । मधेस प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै जगरनाथपुर गाउँपालिका वडा नं ३ मा एक खेलकूद रङ्गशालाको शिलान्यास गरेको छ।

प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले आज आयोजित एक समारोहमा रङ्गशालाको शिलान्यास गरेका हुन्। कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादब, सहरुम मिया गदी लगायत स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।

रङ्गशालाको निर्माणले यस क्षेत्रका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उचित अवसर मिल्ने विश्वास लिइएको छ। यसले स्थानीय स्तरमा खेलकुदको विकासमा टेवा पुग्नुका साथै स्वस्थ जीवनशैली प्रवद्र्धनमा समेत मद्दत गर्ने अपेक्षा गरिएको छ।

मन्त्री जयसवालले प्रदेश सरकार खेलकुदको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै यस्ता पूर्वाधार निर्माणलाई निरन्तरता दिने जानकारी दिए। गाउँपालिका अध्यक्ष यादबले रङ्गशाला निर्माणले जगरनाथपुरका युवाहरूको भविष्य उज्ज्वल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...