21 July ,2025,Monday

रास्वपाको छिपहरमाई–२ मा वडा भेला सम्पन्न, नयाँ समिति गठन

वीरगञ्ज ७ फागुन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पर्सा जिल्लाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर ४ को छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा वडा भेला कार्यक्रम सम्पन्न भएको छ ।क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भेलामा जिल्ला अध्यक्ष हरि पन्त, निवर्तमान अध्यक्ष दिलीप कुर्मी, क्षेत्रीय सभापति फैयाज मिया लगायतको उपस्थिति रहेको थियो ।भेलामा विशेष अतिथिका रूपमा रास्वपाका केन्द्रीय सदस्य डा. नन्दन यादव, प्रदेश उपप्रमुख प्रमोद कुमार, सोमालाल पटेल र छिपहरमाई गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको उपस्थिति रहेको थियो ।वैशाख ६ गते शनिवार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै वडा समितिको गठन गरेको छ । समितिको अध्यक्षमा विकास कुमार कानु, उपाध्यक्षमा सद्दाम मियाँ, सचिवमा राजु दास तात्वा, कोषाध्यक्षमा राम प्रवेश पटेल चयन भएका छन् ।त्यस्तै, सदस्यहरूमा मदन दास तात्वा, रामवेलास महतो, भोला महतो, किशोरी महतो, आनन्द महतो, समजी मकुर, किशोरी महतो, राम मिथिलेश महतो चयन भएका छन् ।भेलाले सङ्गठन सुदृढ गर्दै स्थानीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...