20 July ,2025,Sunday

ईरिक्शामा फल्ट बटम बनाएर आलमुनियमको तस्करी

वीरगंज, ९ वैशाख । सशस्त्र प्रहरी बल पर्सा अन्तर्गत प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगंजले भन्सार छली गरी भारत लैजान लागिएको लाखौं मूल्यको आलमुनियम तथा ई–रिक्सा नियन्त्रणमा लिएको छ । वीरगंज महानगरपालिका वडा नं.१६ स्थित त्रिभुवन राजपथ सडकखण्डमा रहेको वीरगंज भन्सार कार्यालय परिसर अगाडि चेक प्वाइन्टमा सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको कमाण्डमा खटिएको टोलीले नेपालबाट भारत जाने सवारी साधनहरूको नियमित चेकजाँचको क्रममा वीरगंजबाट रक्सौल गइरहेको वीरगंज म.न.पा.१ ह १–०६९५ नम्बरको ई–रिक्सा जाँच गर्दा छतमा फल्स बटम बनाई लुकाएर राखिएको सामान फेला पारेको हो। ई–रिक्सामा जुटको बोरामा प्याक गरी लुकाइएको करिब रू. एक लाख २० हजार मूल्य बराबरको आलुमिनियम सिट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । भन्सार छली गरी चोरी निकासी गर्न लागिएको उक्त सामान सहितको ई–रिक्सा चालक फरार भएकाले सशस्त्र प्रहरीले उक्त सवारी साधन र सामान नियन्त्रणमा लिई आवश्यक कारबाईको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...