22 December ,2025,Monday

श्रोत नखुलेको साढे ९ लाखसहित तीनजना भारतीय पक्राउ

वीरगंज, १९ बैशाख । सशस्त्र प्रहरी बल पर्साले श्रोत नखुलेको नगद सहित तीन जना भारतिय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिई भन्सार दाखिला गरेको जनाएको छ । आज साँझ वीरगंज भन्सार कार्यालय नजीकै सवारी साधनहरू चेकजाँच गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्ष्Fा गुल्म वीरगंजबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीको सिट पछाडिको पकेटभित्र लुकाई छिपाई राखिएको श्रोत नखुलेको ९ लाख ५९ हजार रकमसहित तीनजना भारतीयलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीले भारत, पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत, वडा नं.–७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद, जौकटिया ग्राम पंचायत, वडा नं.–१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी, छाउनी चोक ग्राम पंचायत वडा नं.–२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरी पक्राउ परेका व्यक्ति र गाडीमा कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल