19 July ,2025,Saturday

राष्ट्रिय स्वतन्त्र पार्टीको छिपहरमाईमा वडा भेला सम्पन्न

वीरगंज, २० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको छिपरमाइ पालिका–४ को प्रथम भेला सम्पन्न सम्पन्न भएको छ । आज छिपरमाइको तुलसीबार्वामा वडा नं. ४ को प्रथम वाडा भेला सप्पन्न भएको हो ।
भेलाले राजुकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हरदेव सहनी, सचिव निरज साह सुनार, कोषाध्यक्ष अशोक राउत कुर्मी, सदस्यहरु रमेश शाह, सुदर्शन प्रसाद शाह, कृष्ण सहनी, मङ्गल शर्मा लोहार, रामदेव पण्डित, त्रिलोकी पाण्डे र जीत महतोलाई चयन गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्रको अध्यक्षमा सप्पन्न भेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले युवाहरुको नवीन र सुझबुझपूर्ण सोच नै देश बिकासको आधार भएकोले २०८४ को आमनिर्वाचनमा नेपाली जनताले रास्वपाको सोच र सिधाान्तलाई अनुमोदन गरेर देशको चाबी युवाहरुको हातमा सुम्पने निश्चित रहेको बताए । सभापति पन्तले रास्वपालाई नेपाली जनताले अब देशको बैकल्पिक शक्ति भन्दा पनि मुख्य राजनीतिक शक्तिको रूपमा देख्न चाहेको समेत बताएका थिए ।
रास्वपाका संगठन बिभाग उपप्रमुख प्रमोद रायमाझीले सन्चालन गरेका भेलालाई पार्टीका केन्द्रिय सदस्य डा नन्दन यादव लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...