23 December ,2025,Tuesday

पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

शैलेश गुप्ता पोखरिया, २७ बैसाख । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ९ स्थित रहेको भेद्राहामाई मन्दिरमा माटों पार्क निर्माणको लागी आज जन्मत पार्टीको पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सि के राउतले मधेश प्रदेश सरकारको मुख्य मंत्री छत्तीस कुमार सिंह तथा पोखरिया नगरपालिकाको मेयर प्रद्युमन प्रसाद चौहानले एक कार्यक्रमका बिच सँयुक्त शिलान्यास गरेका हुन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशको सांस्कृतिक र ऐतिहासिक पहिचानलाई झल्काउने उद्देश्यले निर्माण गर्न लागिएको यो पार्कको लागि प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चार बिघा क्षेत्रफलमा फैलिने यो पार्क जनमत पार्टीको विशेष परियोजना हो, जहाँ मधेश प्रदेशका १३६ वटै स्थानीय तहबाट संकलित माटोलाई प्रदर्शनमा राखिनेछ । डा. राउतले केही वर्षअघि गरेको ‘माटो यात्रा’ अभियानबाट संकलित माटोलाई यस पार्कमा स्थान दिइने डा. राउतले यो पार्क मधेशको एकता, पहिचान र गौरवको प्रतीक बन्ने विश्वास व्यक्त गरे। पार्क निर्माण पछि यसले पर्यटकीय आकर्षण बढाउने र सांस्कृतिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

माटो पार्क निर्माणको शिलन्यास कार्यक्रम पोखरिया नगरपालिकाको नगर प्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जन्मत पार्टीका पार्टी अध्यक्ष तथा माननीय सांसद डा. सीके राउत, विशिष्ठ अतिथि मधेश प्रदेश सरकारको मुख्य मंत्री छतीश कुमार सिंह, वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उपप्रमुख रूबी कुमारी ठाकुर, पूर्व माननीय सांसद हरिनारायण प्रसाद रौनियार, वडा अध्यक्ष लक्ष्मण साह कानु, किशोरी साह तेली, नौशाद आलम, भगवान प्रसाद कुर्मी, प्रमुख प्रशासकीय वीरगंज पर्साका कर्मचारी लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल