23 December ,2025,Tuesday

वैदेशिक रोजगारी सम्बन्धी मुद्दाका प्रतिवादी कुर्मी पक्राउ

वीरगंज, ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले वैदेशिक रोजगारी सम्बन्धी कसुर मुद्दाका एकजना प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नम्बर २४ का ६८ वर्षीय सितारामप्रसाद कुर्मी रहेका छन् । उनीविरूद्ध वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा वैशाख ७ गते मुद्दा परेको थियो । सुरेश सिंह घिमिरेको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी दिपकप्रसाद कुर्मीसमेत भएको वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा संलग्नमध्येका कुर्मीलाई पक्राउ गर्न वैदेशिक रोजगार विभागले बैशाख १७ गते जिल्ला प्रहरी कार्यालय पर्सालाई पत्राचार गरेको थियो । पर्सा प्रहरीले खोजतलास गर्ने क्रममा कुर्मीलाई आफ्नै घरमा लुकीछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरी वैदेशिक रोजगार विभाग काठमाडौंमा पठाइएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल