16 June ,2025,Monday

spot_img
spot_img
spot_img
spot_img

वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

काठमाडौं, ०१ जेठ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मन्त्रालय वा अन्तर्गतका निकायबाट स्वीकृत भएका वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्रालयले बुधबार आयोजना गरेको तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले वार्षिक कार्यक्रम कार्यान्वयन कार्ययोजना बमोजिमका बाँकी काम समयमै सम्पन्न गर्न सबै निकाय र कर्मचारीलाई निर्देश गर्नुभएको हो ।

सो अवसरमा उहाँले मन्त्रालयको तेस्रो त्रैमासिकसम्मको कार्यसम्पादन सन्तोषजनक रहेको जानकारी दिनुभयो । तर, अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने कतिपय कामहरूमा ढिलाइ भइरहेको उहाँको भनाइ छ । ‘मन्त्रालयले सम्पन्न गर्नुपर्ने कतिपय कामहरू अन्तरनिकाय समन्वयबाट गर्नुपर्ने छन्,’ मन्त्री गुप्ताले भन्नुभयो, ‘अर्थ मन्त्रालयको समन्वयमा वित्तीय हस्तान्तरण गर्नुपर्ने कार्यको बिलम्बताले नतिजा प्राप्तिमा असर गरेको छ । यस्ता कार्यलाई पनि समयमै सम्पन्न गर्न सचिवज्यूलगायत सबै कर्मचारीलाई निर्देशन गर्दछु ।’

यस्तै उहाँले मन्त्रालयबाट कार्यसम्पादन गर्दा राष्ट्रिय योजना आयोगबाट प्राप्त सुझावलाई विशेष ध्यान दिने गरिएको चर्चा गर्नुहुँदै निकायगत प्रतिनिधिहरूबाट प्राप्त सुझावका लागि आभारसमेत प्रकट गर्नुभयो ।

सो अवसरमा उहाँले ७५३ वटै स्थानीय तहको कार्य प्रगति लिने तथा असल अभ्यास आदान–प्रदान गर्ने कार्यक्रम गरिएको र त्यसबाट सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

‘सङ्घीयता कार्यान्वयनमा मन्त्रालयको भूमिका थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका दैनिक सेवा प्रवाह र विकास व्यवस्थापनमा अन्तरनिकाय समन्वय गराउने, सहजीकरण गर्ने र अभिभावकत्व प्रदान गर्न सबै कर्मचारी तथा निकायलाई थप गतिशील भई लाग्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...