16 June ,2025,Monday

spot_img
spot_img
spot_img
spot_img

प्रनानि खड्का अपराध अनुसन्धान कार्यालयको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

काठमाडौं, १ जेठ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक राजन बहादुर खड्का उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले आफू मातहत कार्यरत प्रहरी कर्मचारीको कार्य सम्पादनको आधारमा खड्कालाई सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको हो । ६ नम्बर पिल्लरमा कार्यरत खड्काले वैशाख महिनामा विभिन्न घटनाको अनुसन्धान तथा अन्य महŒवपूर्ण कार्यहरूमा उत्कृष्ट योगदान दिएपछि उनलाई उत्कृष्ट प्रहरी घोषित गरिएको हो । प्रहरी नायब निरीक्षक खड्काले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा खड्कालाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित गरिएको कार्यालयले जनाएको छ। खड्कालाई महिनाको ‘उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८२’ अनुसार वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालय प्रमुख एवम् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...