15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

माडवारी प्रिमियम लिग–२०२५ शुरु

वीरगंज, ३ जेठ । मारवाडी प्रिमियर लिग (एमपीएल) क्रिकेट प्रतियोगिताको शनिवार वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उदघाटन गरेका छन् । स्व. सुशील कुमार खेतानको स्मृतिमा मारवाडी युवा मञ्चको सहकार्यमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरले आयोजना गरेको डे–नाइट क्रिकेट प्रतियोगिता जेठ १३ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएका छन । प्रतियोगिता संयोजक प्रकाश खेतानले उदघाटन खेल ट्रिगेरेड आउट र दि न्युट्रिप्लास्ट फाइटरबीच भएको बताए । कुल १० टिमको सहभागीता रहेको यस प्रतियोगितामा दैनिक दुर्ई खेल हुने उनले बताए । पहिलो खेल दिउँसो ५ बजेदेखि ७ बजेसम्म तथा दोस्रो खेल ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जानकारी गराए । उदघाटन समारोहमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायब उपरीक्षक किशोर लम्साल, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकराज भट्ट, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...