16 June ,2025,Monday

spot_img
spot_img
spot_img
spot_img

वीरगंज र तुलसीपुरबीच न्यायिक प्रणालीबारे छलफल

वीरगंज, ५ जेष्ठ । तुलसीपुर उपमहानगरपालिकाको प्रतिनिधिमण्डलले उपप्रमुख स्यानी चौधरीको नेतृत्वमा वीरगंज महानगरपालिकाको अध्ययन भ्रमण गरेको छ । आज न्यायिक समिति, मेलमिलाप प्रक्रिया तथा ‘उज्यालो र सफा वीरगंज’ अवधारणाबारे उनीहरुले छलफल समेत गरेको छ। वीरगंज महानगरपालिकाका उपप्रमुख तथा न्यायिक समिति संयोजक इम्तियाज आलम र तुलसीपुरका उपप्रमुख स्यानी चौधरीले न्यायिक समितिको कार्यप्रणाली, केस व्यवस्थापन र मेलमिलाप प्रक्रिया का बारेमा जानकारी लिएको छ । उपप्रमुख आलमले न्यायिक समितिमा आएका मुद्दाहरूलाई सकेसम्म मेलमिलापमार्फत समाधान गर्दै पठाउने प्रयास भइरहेको बताए । छलफलमा तुलसीपुर उपमहानगरपालिकाका प्रतिनिधिहरूले वीरगंज महानगरपालिकाले सञ्चालन गरेको ‘उज्यालो वीरगंज, सफा वीरगंज’ अभियानबारे जिज्ञासा राखेपछि उपप्रमुख आलमले यो अभियानमा नगरवासी, जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त प्रयास रहेको बताए । वीरगंजलाई प्रवेशद्वार र पर्यटकीय गन्तव्य बनाउन मठमन्दिर, गुम्बा, चिडियाखाना र पार्कहरूको सौन्दर्यीकरणको योजना अघि बढाइएको उनले जानकारी दिए। बाँकी योजनाका लागि डीपीआर तयार भइसकेको छ र आगामी दिनमा वीरगंजको रूपान्तरण हुने उपप्रमुख आलमले बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायिक समिति सदस्य देवी पोख्रेल र लालमति भण्डारी, वीरगंज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख प्रतिज्ञा बैठा, सामान्य प्रशासन महाशाखा प्रमुख सुनिल कर्ण, न्यायिक समिति उजुरी प्रशासक धनबहादुर थापा लगायतको उपस्थिति रहेको उपप्रमुख आलमका प्रेस सल्लाहकार महम्मद सदाबले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...