15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

सहकारी क्षेत्रमा देखा परेका समस्याबारे छलफल

वीरगंज, ९ जेठ । को–अपरेटिभ म्यानेजर्स क्लब, पर्साले सहकारी क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे छलफल कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार गृह लक्ष्मी साकोसको सभाहलमा आयोजित कार्यक्रमको उदघाटन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) का अध्यक्ष तथा प्रमुख अतिथि चन्द्र प्रसाद ढकालले गरेका थिए । अन्तरक्रियामा क्लबका सञ्चालक समिति तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहकारी क्षेत्रमा देखा परेका नीति सम्बन्धी अस्पष्टता, पारदर्शिताको अभाव, व्यवस्थापनमा देखिएका चुनौतीहरू लगायतका विषयमा बहस गरेको थियो । कार्यक्रममा प्रस्तुत भएका सुझावहरूलाई समेटी आगामी दिनमा सहकारी प्रणालीलाई अझ सशक्त, पारदर्शी र जवाफदेही बनाउने दिशामा पहल गरिने प्रतिबद्धता समेत जनाइएको थियो । क्लबका अध्यक्ष रवि भुषण श्रीवास्तवले कार्यक्रमको अध्यक्षतामा भएको कार्यक्रममा विष्णु बराल, चन्देश्वर प्रसाद चौरसिया लगायत सहभागी थिए । कार्यक्रम सञ्चालन क्लबका सचिव प्रदीप कुमार लोहारले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...