21 November ,2025,Friday

प्रगती एजुकेशन फाउन्डेशन प्रा.लि.द्धारा आयोजित मासिक खेलकुद र सेल्फ डिफेन्स कार्यक्रम सम्पन्न

वीरगंज, १० जेठ । प्रगती एजुकेशन फाउन्डेशन प्रा.लि.को आयोजनामा र हेल्पिङ्ग हेन्ड यूथ सोसाइटीको सहयोगमा ब्राइट पब्लीक स्कुलको प्राङ्गणमा मासिक खेलकुद र सेल्फ डिफेन्स कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरू र खेलाडीहरूको सक्रिय सहभागिता रहेको थियो।

सेल्फ डिफेन्स प्रशिक्षण क्युकुशिन कराँते संघ मधेश प्रदेशका (अध्यक्ष) राजकुमार महतोले प्रशिक्षण दिनु भएको थिए । उहाँले आत्मरक्षाका विविध प्रविधिहरू, मनोबल वृद्धि गर्ने उपायहरू र आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने व्यवहारिक सीपहरूको अभ्यास गराउनुभयो। सेल्फ डिफेन्स कार्यक्रममा खेलाडीहरू द्धारा फिजिकल फिटनेस, चक्कू प्रहार बाट बच्ने, विकेट भाच्ने, घैला तोड्ने जस्ता डेमो हेराइ प्रदशर्न गरिएको थियो ।

कार्यक्रमले सहभागीहरूमा आत्मविश्वासको विकास गर्नुका साथै शारीरिक र मानसिक तन्दुरुस्तीको महत्व झल्काएको सेल्फ डिफेन्स कार्यक्रमका सभा अध्यक्ष प्रगति एजुकेशन फाउन्डेशन प्रा.लि.का डाइरेक्टर सचिन सर्राफले जनाएका छन । सहभागीहरूले कार्यक्रमप्रति उच्च उत्साह देखाएको र यस्ता कार्यक्रमले व्यवहारिक शिक्षा दिनेमा महत्वपूर्ण भूमिका खेल्ने सर्राफले जनाएका छन।

मासिक खेलकुद र सेल्फ डिफेन्स कार्यक्रमको प्रमुख अतिथिमा मोटिभेसन्ल स्पीकर प्रदिप कुमार शाह, विशिष्ट अतिथीमा क्युकुशिन कराँते संघ मधेश प्रदेशका अध्यक्ष राजकुमार महतोे, ब्राइट पब्लीक स्कुलका डाइयरेक्टर मुकेश प्रसाद गुप्ता, माँ जागरण मिडिया प्रा.लि.का अध्यक्ष पत्रकार राजन कुमार सिहँ, अतिथिमा पुनम यादव, अभिभावकमा गोविन्द प्रसाद गुप्ता लगायतको उपथिति रहेको थियो ।

उक्त कार्यक्रमको उध्दघोषक हेल्पिङ्ग यूथ सोसाइटीका अध्यक्ष राजकुमार गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...