15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

सम्बन्धमा रेड फ्ल्याग र ग्रीन फ्ल्यागको मतलब के हो ?

एजेन्सी, १३ जेठ । तपाईंले आफ्ना साथीहरूबाट रेड सम्बन्धमा रेड फ्ल्याग वा ग्रीन फ्ल्याग जस्ता शब्दहरू पक्कै सुन्नुभएको होला । रेड फ्ल्याग सधैँ खतराको संकेत दिने गथ्र्यो तर, पछिल्लो केही समयमा यसलाई सम्बन्धको खतराहरू बताउन पनि प्रयोग गरिन थालिएको छ ।

त्यसैगरी सम्बन्धमा ग्रीन फ्ल्याग एक किसिमको सकारात्मक संकेत हो । यसले सम्बन्धमा बलियो जग देखाउँछ । ग्रीन फ्ल्यागको अर्थ हो कि साथी तपाईंको लागि सही छ र सम्मान गर्छ ।

सम्बन्धमा रेड र ग्रीन फ्ल्याग वास्तवमा के हुन् र तिनीहरूलाई कसरी चिन्न सकिन्छ, यो जान्नु हामी सबैका लागि आवश्यक छ ।

रेड फ्ल्याग:

तपाईं र पार्टनर दुबैबीच सम्बन्ध छ तर, जब तपाईंलाई भावनात्मक साथको आवश्यकता पर्छ तब साथी तपाईंको साथमा हुँदैन । कुनै न कुनै बहानामा ऊ गायब रहन्छ र तपाईंले महसुस गर्दा पनि ऊ बारम्बार त्यस्तो गर्छ भने यो सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण रेड फ्ल्यागको संकेत हो ।

त्यसैगरी तपाईंको पेशा वा कुराको मजाक उडाउने, बारम्बार होच्याउने वा भाग्यमानी भन्ने, किनभने उनी तपाईंको साथमा छन्, यी सबै पनि धेरै गलत हुन् । त्यसैले तपाईंले यी कुराहरूलाई पनि बेवास्ता नगर्नुहोस् ।

त्यसैगरी तपाईंलाई हरेक कुराको लागि मनाउने तर, आफू कहिल्यै नमान्ने, यदि भेट्ने दिन पनि तय गर्नुपर्ने भए उसले गर्नेछ, तपाईंले होइन र यदि तपाईंले त्यस्तो गर्नुभयो भने पनि ऊ तपाईंसँग रिसाउन थाल्नेछ, यस्तो व्यवहार पनि रेड फ्ल्यागमै गनिन्छ ।

ग्रीन फ्ल्याग:

सम्बन्धमा शारीरिकका साथै भावनात्मक सामिप्यता पनि आवश्यक छ, जसले तपाईंको सम्बन्ध राम्रो बनाउँछ । यदि तपाईं र तपाईंको साथी आफ्ना भावनाहरू खुलेर भन्नुहुन्छ भने तपाईं एउटा राम्रो सम्बन्धमा हुनुहुन्छ ।

एक राम्रो र बलियो सम्बन्धमा एक–अर्कासँग माफी माग्न लजाउँदैनन् । यदि तपाईंको साथी पनि त्यस्तै छ भने तपाईं ग्रीन प्mल्याग सम्बन्धमा हुनुहुन्छ । यसबाहेक साथीले तपाईंको काम र निर्णयहरूको सम्मान गरोस् ।

अरू मानिसहरूको सामु तपाईंको पक्षमा उभियोस्, तपाईं उसको साथमा सुरक्षित महसुस गर्नुहोस् र तपाईं जस्तो हुनुहुन्छ, तपाईंलाई त्यस्तै स्वीकार गरोस्, यी सबै पनि ग्रीन फ्ल्यागका संकेतहरू हुन् । यदि तपाईं एक राम्रो सम्बन्धमा हुनुहुन्छ छ भने तपाईंको साथी तपाईंसँग भविष्यको बारेमा कुरा गर्न डराउँदैनन् । एक राम्रो साथीले तपाईंसँग सधैँ आफ्नो भविष्यको योजनाको बारेमा कुरा गर्नेछ ।

कुनै पनि सम्बन्धमा ग्रीन फ्ल्याग र रेड फ्ल्यागको पहिचान हुनु अत्यन्त आवश्यक कुरा हो । यदि तपाईंले आफ्नो पार्टनरमा रेड फ्ल्यागका संकेतहरू देख्नुभएको छ भने समयमै उनीहरूबाट टाढा हुनु राम्रो हो ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...