15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ भव्यतापूर्वक सम्पन्न

शैलेश गुप्ता,

पोखरिया, १३ जेठ । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइयो ।

भारतको महावाणिज्य दूतावास वीरगंज र पोखरिया नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरियाका जनप्रतिनिधि, युवा, महिला, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतका महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मिणा, वाणिज्यदूत अजय जैन, वाणिज्यदूत मनिष कुमार दास, पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, प्रमाणन्द प्रसाद पटेल, नौसाद आलम, राधा साह कानु, पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, दिनेश प्रसाद चौहान, ओमप्रकाश रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिसुन प्रसाद चौहान लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा योग प्रशिक्षक धिरेन्द्र कुमार सिंहले उपस्थित सहभागीहरूलाई विभिन्न योग आसन र ध्यान अभ्यास गराएका थिए । कार्यक्रममा योगका फाइदाबारे जानकारी दिँदै स्वस्थ जीवनशैलीको महत्वमाथि प्रकाश पारिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...