14 June ,2025,Saturday

spot_img
spot_img
spot_img
spot_img

भारतमा कोभिड देखिएपछि पर्सामा रोकथामको लागि बैठक

वीरगंज, १५ जेठ । भारतमा कोभिड संक्रमित देखा पर्न थालेपछि पर्सा जिल्लामा स्वास्थ्य सतर्कता अभिवृद्धि गर्न जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिले विभिन्न निर्णय गरेको छ। बिहीवार वीरगंजमा सम्पन्न समितिको बैठकले संक्रमणको सम्भावित जोखिम रोकथामका लागि आवश्यक पूर्व तयारीका कार्यहरू अघि बढाउनेलगायतका निर्णय गरेको छ । बैठकमा भारतसँगको खुला सिमानालाई ध्यानमा राखी प्रवेश बिन्दुहरूमा स्क्रिनिङ थप प्रभावकारी बनाउन निगरानी र स्वास्थ्य सतर्कता सम्बन्धी निर्देशन सरोकारवाला निकायहरूलाई दिइएको छ। यसैगरी भारतबाट आउने यात्रीहरूको स्वास्थ्य परीक्षणका लागि स्थापित हेल्थ डेस्कहरूलाई थप जनशक्ति, सुरक्षाकर्मी र साधनसहित सशक्त बनाइने, सवै स्वास्थ्य संस्था र अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिने निर्णय गरिएको छ । क्रिटिकल केस बाहेक अन्य संक्रमितलाई अन्यत्र रिफर नगर्न, मास्क, सेनिटाइजर, अक्सिजन जस्ता जीवनरक्षक सामग्रीहरूको पर्याप्त स्टक सुनिश्चित गर्ने निर्णय गरिएको छ । त्यसैगरी बैठकले किट, परीक्षण सामाग्री र खोप आवश्यक मात्रामा उपलब्ध गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्ने, जनस्तरमा कोभिडसम्बन्धी सतर्कता र जनचेतना फैलाउन सबै स्थानीय तहहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षता बसेको बैठकमा नारायणी अस्पतालका मेसु डा. चुमन लाल दास, श्रीजंग गणका प्रमुख निराजन कटुवाल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, उप–अनुसन्धान अधिकृत दिलिप कुमार सिंह, जिल्ला समन्वय समितिका विनय कुमार श्रीवास्तव, सचिव सुमन कुमार कार्की, अभिलाष गुप्ता लगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...