14 June ,2025,Saturday

spot_img
spot_img
spot_img
spot_img

वीरगंजका विभिन्न क्षेत्रमा शनिबार विद्युत आपूर्ति बन्द हुने

वीरगंज, १६ जेठ । वीरगंज फिडर नं. १ मा मर्मत सम्भारको कार्यको लागि शनिवार जेठ १७ गते वीरगंजका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र वीरगंजले जनाएको छ ।
११ के.भी. डिस्कनेक्टिङ स्वीच जडान तथा तार रिटेन्सन (तारहरू पुनः कस्ने) कार्य गर्नुपर्ने आवश्यकताका कारण शनिवार बिहान ७ः०० बजे देखि १०ः०० बजे सम्म पावरहाउस, घण्टाघर, आदर्शनगर, लिंक रोड, भानुचौक, ब्रहम चौक, प्रतिमा चौक, गौतम स्कुल क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी परवानीपुर ग्रिडबाट सञ्चालित ११ के.भी. वीरगंज फिडरमा हाँगाबिंगासँग लाइन छोइने, अनावश्यक रूपमा अवरोध सिर्जना हुने समस्या बढिरहेको हुँदा बुस कटिङ्ग (रूखका हाँगा काट्ने) र अन्य सुधारात्मक कार्यहरूका लागि शनिवार बिहान ११ः०० बजे देखि साँझ ६ः०० बजे सम्म लाइन बन्द रहने जनाइएको छ। विद्युत वितरण केन्द्र वीरगंजले यस मर्मत कार्यपछि विद्युत लाइनमा हुने अनावश्यक अवरोध तथा समस्यामा कमी आउने जनाएको छ। साथै ग्राहकवर्गमा पर्ने असुविधाप्रति क्षमा माग्दै समयमै वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...