14 June ,2025,Saturday

spot_img
spot_img
spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा अवैध सामान बरामद गरी भन्सार दाखिला

वीरगंज, २० जेठ । सशस्त्र प्रहरी बल पर्साले रू.३५ लाख भन्दा बढीको गाडि तथा सामान भन्सार दाखिला गरेको जनाएको छ । जेठ २० गते सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगंजको बिभिन्न स्थानहरूबाट रू. ७ लाख ३९ हजार ९५० बराबरको भन्सार छली नेपाल भिœयाईएको बिभिन्न किसिमका सामानहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ । यसैगरी बहुअरी चोकबाट परवानीपुर जाँदै गरेको ब्रोइलर कुखुरा लोड गरिएको प्रदेश २–०३–००१ च ४१६७ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्दा ब्रोइलर कुखुराको बिल, भिसिटिएस तथा भेटेरिनरीको प्रमाणपत्र नभएको भेटिएपछि नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । उक्त गाडीलाई चालकले बेवारिसे अवस्थामा बाटोमै छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । सो गाडीबाट भन्सार छली चोरी–पैठारी गरी भारतबाट नेपाल भिœयाइएको रू.१,८४,०००।– बराबरको ब्रोइलर कुखुरा सहितको गाडीलाई नियन्त्रणमा भन्सार कार्यालयमा कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीले ब्रोइलर कुखुरा आवश्यक प्रकृया पूरा गरी आजै नष्ट गरिएको जनाएको छ । यसैगरी सशस्त्र प्रहरीले बिभिन्न सीमा नाकाहरूबाट २,७३,१६०।– बराबरको मोबाईल तथा ईलेक्ट्रिक सामानहरू नियन्त्रणमा लिई कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...