14 December ,2025,Sunday

पकहामैनपुरमा आगलागीहुदाँ लाखौंको क्षति

वीरगन्ज, २३ जेठ । पर्सा जिल्लाको पकहामैनपुरमा ठुलो आगलागी हुदाँ लाखौंको क्षति भएको छ।
पकहामैनपुर गाउँपालिका वडा नं ४ खेस्रहा स्थित रामाशंकर गिरीको गोठमा आज शुक्रबार बिहान पौने ५ बजेको समयमा विद्युत तार सर्ट भई २ घरमा आगलागी हुदाँ लाखौंको क्षति भएको हो।
गिरिको फुसको गोठ र फुसको बस्ने घर गरी २ वटा घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना गरी ७ लाख बराबरको क्षति भएको छ भने उनको भैसी एउटा र पाडो जलि घाइते भएका छन्।
यस्तै त्यहिका दरोगा गिरिको फुसको गोठ र बस्ने घर पूर्ण रुपमा जलि नष्ट भएको र घरमा रहेको धान, गहुँ काठ, भाँडाकुँडा र गरगहना जलेर नष्ट हुदाँ ७ लाख ५० हजार रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो।
आगलागी पश्चात दुबै परिवार छिमेकीको घरमा बसिरहेका छन् भने उक्त आगलागीलाई दमकल, प्रहरी र स्थानियहरुको सहयोगमा बिहान साढे ७ बजे नियन्त्रणमा लिईएको थियो भने कुनै मानविय क्षति नभएको पर्सा प्रहरीले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।