12 June ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

शंखधर शाख्व: पार्कको औपचारिक उद्घाटन

वीरगंज २५ जेठ । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्व: पार्क” को रूपमा औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार एक विशेष समारोहबीच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले बेलुन र ल्याम्प उडाएर पार्कको उद्घाटन गर्नु भयो । लामो समयदेखि बन्द रहेको यो पार्क फेरि सर्वसाधारणका लागि खुला भएसँगै नगरवासीमा उत्साह देखिएको छ।
यश अघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ विघामा फैलाइएको छ। अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ। करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको छ। अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्र्याकसहितको सुविधा उपलब्ध छ ।
यस अघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्व: को नाममा नामाकरण गरिएको हो। उनी नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् । वीरगञ्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उहाँको नाममा समर्पण गरेको हो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजना मात्रै नभइ, यो वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो हो। उहाँले भन्नुभयो, “शंखधर शाख्व: पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौं। यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पुर्‍याउनेछ।”
पार्कको चारैतिर सुरक्षाका लागि पर्खाल लगाइएको छ। प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ। लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए। अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन्।
शंखधर शाख्व: पार्कको औपचारिक पुनःसञ्चालनसँगै वीरगञ्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास गरिएको छ। नगरवासीले यसलाई आफ्नो पार्कझैं संरक्षण र उपयोग गर्ने अपेक्षा नगरपालिकाले राखेको छ। उद्घाटन कार्यक्रममा वीरगंजका लब्धप्रतिष्ठित व्यतित्व देकी सर्वसाधारण नागरिकसम्मको उत्साहजनक सहभागिता रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...