12 June ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

वीरगंजमा विद्युत चोरी गर्नेहरूविरूद्ध अपरेशन

वीरगंज, २७ जेठ । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रले मंगलवार वीरगंज–१६ नगवा र नकटुवा गाउँमा छापामारी विद्युत् चुहावट गर्नेहरुमाथि कारबाही गरेको छ । हुकिङ तथा गैरकानुनी उपायबाट विद्युत चोरी गरिरहेको सूचनाको आधारमा नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रको टोलीले ती क्षेत्रका घरमा अपरेशन गरी विद्युतीय उपकरण, मिटर निकालेर विद्युत लाइन काटेको छ । वितरण केन्द्र प्रमुख अवधेश कुमार दुबेको निर्देशनमा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ वीरगंज इकाई समितिका प्रमुख सन्तोष कुमार झा, जनपद प्रहरी र सशस्त्र प्रहरी लगायतको टोलीले वीरगंज महानगरपालिका अन्तर्गत नेशनल मेडिकल कलेज क्षेत्रको नकटुवा आसपासका घरहरू र वडा नम्बर १६ स्थित नगवा क्षेत्रमा पुगेर घर–घरमा लुकाई राखिएका तार, हुकिड्ढो लागि प्रयोग गरिने मोटर, इलेक्ट्रोनिक उपकरण लगायतका सामग्रीहरू नियन्त्रणमा लिएको छ । प्राधिकरणका प्रमुख दुबेले विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन गर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...