12 June ,2025,Thursday

spot_img
spot_img
spot_img
spot_img

नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय पर्सा बीच दुई पक्षिय सम्झौता

वीरगंज, २७ जेठ । नेशनल मडिकल कलेज वीरगंजले नेपाल प्रहरी, भुतपुर्व प्रहरी र प्रहरीका परिवारहरुलाई स्वास्थ्य सेवा विशेष छुट उपलब्ध गराउने भएको छ । छुट प्रदान गर्नको लागि नेशनल मेडिकल कलेज र जिल्ला प्रहरी कार्यालय, पर्सा बीच आज दुई पक्षिय सम्झौता भएको छ ।

सम्पन्न सम्झौता अनुसार नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई बिभिन्न स्वास्थ्य उपचार सेवामा शुल्क छुट सुबिधा उपलब्ध गराइने छ । सम्झौतामा मेडिकल कलेजको तर्फबाट कलेजका प्रबन्धक शहानवाज अन्सारी र नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले हस्ताक्षर गरेका छन् ।

अस्पताले स्वास्थ्य सुविधा अन्तर्गत नेपाल प्रहरीका नेपाल प्रहरीमा कार्यरत बहालवाला, भुतपुर्व नेपाल प्रहरी कर्मचारीहरु तथा निजका आश्रित परिवारजनहरुलाई ८ देखि ५० प्रतिशत सम्म छुट प्रदान गर्ने नेशनल मेडिकल कलेजका प्रबन्धक शाहनवाज अंसारीले जानकारी दिए ।

उनका अनुसार अस्पताले बहालवाला नेपाल प्रहरीलाई ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २५ प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजि लगायतको सेवामा पनि २५ प्रतिशत छुट प्रदान गर्ने छ ।

यसैगरी भूतपूर्व नेपाल प्रहरी कर्मचारीहरु र निजहरुका आश्रित परिवारजनहरुलाई समेत ओपिडि टिकटकमा ५० प्रतिशत, बेड, केविन, आइसियु, एनआईसियु, पिआईसियु बेड चार्जमा २० प्रतिशत, भिडियो एक्सरे, एक्सरे, इसिजि लगायतको सेवामा पनि २० प्रतिशत छुट प्रदान गरिने अस्पतालले जनाएको छ ।

सो अवसरमा कलेजमा संचालक प्रो.डा. जैनुदिन अन्सारी, मार्केटिङ तथा एडमिसन निर्देशक आविद हुसैन अन्सारी, प्रहरी नायब उपरिक्षक सुबास भट्ट लगायतको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...