17 June ,2025,Tuesday

spot_img
spot_img
spot_img
spot_img

दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा पर्साका पत्रकारहरु सम्मानित

वीरगंज, २ अषाढ । दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन संघीय राजधानी काठमाडौंको ललितपुर र भक्तपुरमा आयोजित दुईदिने अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारहरूको सम्मेलन २०८२ सम्पन्न भएको छ। नेवा राष्ट्रिय पत्रकार दबूको आयोजना तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र सार्क जर्नालिष्ट फोरमको समन्वयमा आयोजित सम्मेलनले ७ बुँदे घोषणापत्र जारी गरेको छ।
सम्मेलनको उद्घाटन सभामुख देवराज घिमिरेले गत शुक्रबार गर्नुभएको थियो भने समापन कार्यक्रम मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले गर्नुभयो। समापन कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले मातृभाषाको प्रवर्द्धनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
नेवा पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समापन कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरी, सार्क जर्नालिष्ट फोरमका अध्यक्ष राजु लामा, सम्मेलनका संयोजक सुनिल महर्जन, पत्रकार के.के. मानन्धर, भारत तथा बङ्गलादेशका सहभागी पत्रकारहरूले मातृभाषाको महत्व र संरक्षणको अपरिहार्यता विषयमा धारणा व्यक्त गर्नुभएको थियो।
सम्मेलनले जारी गरेको घोषणापत्रमा सार्क देशका प्रमुखहरूलाई उक्त घोषणापत्र हस्तान्तरण गर्ने, मातृभाषी पत्रकारहरूको क्षमता वृद्धि गर्ने, मातृभाषाका सञ्चार गृहहरूको प्रवर्द्धनका लागि सरकारसँग आवश्यक बजेट माग गर्ने, साथै मातृभाषा पत्रकारितासम्बन्धी विषयमा सरोकारवाला पक्षसँग नियमित छलफल गरी सचेतना अभिवृद्धि गर्ने जस्ता विषयहरू समेटिएका छन्।
कार्यक्रममा पर्सा जिल्लामा रहेको रेडियो पोखरियाका पत्रकार शैलेश साह कानुसहित ६ जना पत्रकारहरू सम्मानित भएका छन्। सम्मानित हुनेमा प्रेस चौतारी पर्सा शाखाका अध्यक्ष तथा माई टिभीका निरञ्जन मिश्र, ई-दैनिक जागरण डट कमका सञ्चालक राजन कुमार सिंह, पोखरिया खबर डट कमकी अञ्जना गिरी, सि.आई.एन. नेपाल डट कमकी विद्या खनाल, द ब्लाष्ट किङ साप्ताहिकका दिपेन्द्र प्रजापति रहेका छन्। उनीहरूलाई आयोजक संस्थाले दोसल्ला ओढाई, टीका तथा फूलमाला लगाई, सरसमान, प्रमाण–पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...