प्रसौनी बारा, २ अषाढ । आफनै भवनको सभा हलमा गाउँपालिकाको १७ औ गाउँ सभा अधिवेशन सम्पन्न भएको छ । आ.ब. २०८२/२०८३ को वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुतीकरण सोमबार सम्पन्न भएको छ ।
यस कार्यक्रमका सभाअध्यक्ष प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद जैसवाल प्रमुख अतिथी प्रसौनी गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत श्याम किशोर साह, सभा सदस्य उपाध्यक्ष किरण देबि साह, बिशिष्ठ अतिथि इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्ठ लेखा प्रमुख प्रेमबाबु पटेल, वडा अध्यक्षहरु लाल बाबू मुखिया, हृदय कुमार साह, छोटालाल साह, याकुब अन्सारी, सन्तोष साह, ईस्लाम मिया अन्सारी सदस्य जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, सुरक्षाकर्मी लगायतको सहभागी रहेका थिए ।
आ.ब. २०८२÷२०८३ को र्बािर्षक नीति कार्यक्रमको बजेट प्रस्तुतीकरण उपाध्यक्षको हस्तान्तरणमा पालिका अध्यक्ष बिनोद जैसवालले आय ब्याय प्रस्तुत गरेका थिए । नेपाल सरकारको तर्फबाट समानिकरण अनुदान ९८६०००००।– (नौ करोड छयासी लाख) सशर्त अनुदान १५६४०००००।– (पन्द्र करोड लाख) बिशेष अनुदान ७९०००००।– (उन्नासी लाख) राजश्व वाडफाँड ७९११५७२३।– (सात करोड एकान्बे लाख पन्द्र हजार सात सय तेइस मात्र) मधेश प्रदेश सरकारको तर्फबाट समानिकरणसी अनुदान ६९९३०००।– (उनहतरी लाख तीरान्बे हजार) सशर्त अनुदान ८००००००।– (असी लाख) बिशेष अनुदान ३००००००।– (तीस लाख) समपुरक अनुदान २००००००।– (बीस लाख) राजश्व वाडफाँड ५००३०००।– (पचास लाख तीन हजार सात सय तेइस) अन्य मौजदात २८०८८२७७ (दुई करोड असी लाख अठासी हजार दुई सय सतहतरी) आन्तरिक राजश्व १५१०००००।– (एक करोड एकाउन हजार) कुल जम्मा ४१०१०००००।— (एकतालिस करोड एक लाख मात्र) सुनाए ।
पालिकाको सातै वडाहरुमा सडक, नाला निर्माण ढलान, पोखरी सौन्दर्यकरण जस्ता हुन सकिने बजेटले भयाए सम्म सेवा सुबिधा जनताको आकान्छा अनुसार गरिएको छ । आफना पालिका भित्र बिभिन्न रोजगारि सृजना गरिएको र जनताको सलाह सुझाव अनुसार बिभिन्न शिप मुल्कको आयोजना सिकाई महिलाहरुलाई आत्मनिर्भर बनाउन कार्यक्रम संचालन गरिएको छ । पालिकाको सातै वडाहरु स्वास्थ चौकी रहेको छ । अग्रेजीमा माध्यमबाट पनि पठन पाठन सुचारू गरिएको छ ।
सडक नालालाई ग्रेभल गरी स्तरउन्ति गरिएको छ । कृषि सिचाइ उपलब्ध गराईएको छ । बृक्षा रोपन गरिएको छ । कृषि निर्भरता युवा बिदेश प्लायन न्यूनीकरण गर्नु , करको दायरामा ल्याईने छ । सामुदायिक बिधालयमा टपर गरिएका बिद्यार्थीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने छ । जनप्रतिनिधि, कर्मचारीहरुको मिहिन्त र लगनशीलताको फल स्वरुप जिल्लामा पहिलो र प्रदेश्मा तेस्रो कम बेरुजु भएका छौ ।
जनताको चाहना अनुसार गर्ने गरेका छौ तर केहि कार्य आर्थिक अभावको कारण गर्न नसकिएको पनिे हो त्यसलाई गरिदै जाने बताउनु भयो । यस पालि ३५१ जना बिपन परिवारलाई भोक भोकै बस्नु नपरो भनी ६ महिना सम्म ब्यवस्थापन गरिने छौ । कार्यक्रम संचालक युवा जेहेन्दार स्वास्थ शाखा प्रमुख सुरेश साहले संचालन गरेका थिए ।