28 June ,2025,Saturday

बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न स् मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

बाँके, ५ अषाढ । नेकपा एमाले जिल्ला कमिटी बाँकेद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आज भव्य र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य माननीय राजकुमार गुप्ता प्रमुख अतिथि रहनु भएको थियो।

मन्त्री गुप्ताले कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै पार्टी संगठनको मजबुती, जनउत्तरदायी शासन प्रणाली र समावेशी विकासको आवश्यकतामा बल दिनुभयो। उहाँले भन्नुभयो, “पार्टी संगठनको सुदृढीकरण बिना राष्ट्रिय विकास सम्भव छैन। सबै तहका सरकारहरू जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।”

उहाँले सुशासन र संघीयता कार्यान्वयनमा नेकपा एमालेले खेलेको अग्रगामी भूमिकालाई स्मरण गर्दै स्थानीय तहदेखि संघीय सरकारसम्म पार्टीले जनअपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्नुभयो।

“कार्यकर्ता नै हाम्रो सबैभन्दा ठूलो शक्ति हुन्। उनीहरूको सक्रियता, एकता र जागरुकता बिना पार्टीको प्रगति सम्भव छैन,” मन्त्री गुप्ताले थप स्पष्ट पार्नुभयो।

कार्यक्रममा बाँके जिल्लाका विभिन्न स्थानीय तहबाट सहभागी भएका अगुवा कार्यकर्ताहरूले संगठनात्मक अनुभव आदानप्रदान गर्दै पार्टीको आगामी योजना र कार्यदिशाका विषयमा गहन छलफल गरेका थिए।

उत्साहजनक सहभागिता र गहन छलफलले कार्यक्रम फलदायी बनेको आयोजकले जनाएको छ। नेकपा एमाले बाँकेले संगठन सुदृढीकरण र जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै पार्टीलाई थप सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

मन्त्री गुप्ताले अन्त्यमा भने, “देशको समृद्धिको मूल आधार सुशासन, समावेशी विकास र उत्तरदायी नेतृत्व हो, जसको मार्गदर्शक शक्ति नेकपा एमाले बन्नेछ।”

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...