27 June ,2025,Friday

दिनहुँ आलु खाए के हुन्छ ?

एजेन्सी, ७ अषाढ ।  के तपाईंले कहिल्यै सोच्नुभएको छ कि दिनहँ आलु खाँदा हाम्रो स्वास्थ्यमा के असर गर्छ ? के आलु सबै तरिकाबाट स्वस्थ हो ?

आलु कार्बोहाइड्रेटले भरिएको हुन्छ, जसले शरीरलाई ऊर्जा दिने काम गर्छ । तर, धेरै खाएमा यसले मोटोपन, मधुमेह र अन्य स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । आज हामी दिनहुँ आलु खा“दा हुने फाइदा र बेफाइदा के–के हुन् र यसलाई स्वस्थ तरिकाले कसरी खान सकिन्छ यसबारेमा बताउनेछौ“ ।

फाइदाहरू –
ऊर्जाको उत्कृष्ट स्रोत

यदि दिनभरि सक्रिय रहन चाहनुहुन्छ भने आलु तपाईंको लागि एक राम्रो विकल्प हो । यसमा रहेको कार्बोहाइड्रेटले शरीरलाई तुरुन्त ऊर्जा दिन्छ, जसले थकान कम हुन्छ र शरीरलाई दिनभरि काम गर्ने शक्ति मिल्छ । विशेष गरी जो व्यक्तिहरू व्यायाम गर्छन् वा शारीरिक गतिविधिमा संलग्न हुन्छन्, उनीका लागि यो धेरै फाइदाजनक हुन सक्छ ।

हृदय स्वास्थ्यको लागि फाइदाजनक

आलुमा धेरै मात्रामा पोटासियम पाइन्छ, जसले रगतको चापलाई नियन्त्रण गर्न मद्दत गर्छ । साथै, यसमा कम मात्रामा सोडियम हुन्छ, जसले हृदय सम्बन्धी रोगहरूको जोखिम कम गर्न सक्छ ।

पाचन बलियो

यदि तपाईंलाई बारम्बार पेट सम्बन्धी समस्याहरू हुन्छन् भने आलु तपाईंको लागि फाइदाजनक हुन सक्छ । यसमा रहेको फाइबरले पाचनलाई राम्रो बनाउ“छ र कब्जियतको समस्याबाट राहत दिलाउन मद्दत गर्छ । विशेषगरी यदि तपाईं उमालेको आलु खानुभयो यसले पेटलाई हल्का र स्वस्थ राख्छ ।

प्रतिरक्षा बढाउँछ

आलुमा रहेको भिटामिन सी र एन्टीअक्सीडेन्टहरूले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसले शरीरलाई सङ्क्रमण र रोगहरूबाट बचाउन सहयोग गर्छ ।

हड्डीहरूलाई बलियो बनाउँछ

आलुमा आइरन, म्याग्नेसियम र फस्फोरस जस्ता खनिजहरू पाइन्छन्, जसले हड्डीहरूलाई बलियो बनाउन मद्दत गर्छन् ।

बेफाइदाहरू –

आलुलाई सही मात्रामा खाएमा फाइदाजनक हुन्छ, तर यदि यसलाई आवश्यकता भन्दा बढी, विशेष गरी तारेको वा भुटेको खाइयो भने यसले धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

तौल बढ्नसक्छ

यदि तपाईं तौल बढाउनबाट बच्न चाहनुहुन्छ भने आलुको अत्यधिक सेवनबाट बच्नुहोस् । यो स्टार्च र कार्बोहाइड्रेटले भरिएको हुन्छ, जसले शरीरमा अतिरिक्त क्यालोरी थप्न सक्छ । विशेष गरी जब यसलाई तेलमा तारेर खाइन्छ, जस्तै फ्रेन्च फ्राइज वा चिप्स, यो मोटोपनको सबैभन्दा ठूलो कारण बन्न सक्छ ।

चिनी स्तर बढ्छ

आलुको ग्लाइसेमिक इन्डेक्स धेरै हुन्छ, जसको अर्थ हो कि यसले रगतको चीनीलाई चाँडै बढाउन सक्छ । त्यसैले मधुमेहका बिरामीहरूले आलु कम मात्रामा खानुपर्छ ।

हृदय रोगको जोखिम

फ्रेन्च फ्राइज, आलु चिप्स र अन्य डीप फ्राई गरिएको पदार्थहरूमा ट्रान्स प्mयाट र धेरै मात्रामा सोडियम हुन्छ, जसले हृदय रोग, उच्च रक्तचाप र कोलेस्ट्रोल बढाउन सक्छ ।

आलु खाने सही तरिका :

१. उमालेको वा थोरै तेलमा भुटेको आलु खानुहोस् : यो आलु खाने सबैभन्दा स्वस्थ तरिका हो ।

२. कम मसला र कम तेलमा पकाउनुहोस् : यसले यसलाई स्वस्थ र हल्का राख्छ ।

३. हरिया सब्जीहरूसँग मिसाएर खानुहोस् : यसले पोषण सन्तुलित राख्छ ।

४. फ्रेन्च फ्राइज, चिप्स र डीप फ्राई गरिएका खाद्य पदार्थहरू खानबाट बच्नुहोस् : यी स्वास्थ्यका लागि सबैभन्दा बढी हानिकारक हुन्छन् ।

५. यदि तपाईंलाई मधुमेह वा तौल बढ्ने समस्या छ भने, एकदमै कम मात्रामा आलु खानुहोस् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...