30 December ,2025,Tuesday

विश्रामपुर गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न, आगामी आर्थिक वर्षका लागि ३२ करोड ४ लाखको बजेट विनियोजन

विश्रामपुर, ७ आषाढ । विश्रामपुर गाउँपालिकाको १७ औं गाउँसभा २०८२ आषाढ ७ गते सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटोको अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८२ / ०८३ का लागि कुल रु.३२ करोड ४ लाख बराबरको बजेट पारित गरेको छ।

सभामा प्रस्तुत वार्षिक नीति, कार्यक्रम तथा बजेटले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा डिजिटल सेवा प्रवर्द्धनलाई प्राथमिकता दिइएको जनाइएको छ।

उक्त गाउँसभामा लेखा प्रमुख बजरङ्गी जयसवालले आर्थिक बर्ष २०८१ / ०८२ को आय व्यय प्रस्तुत गरेका थिए। भने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य राख्दै गाउँपालिकाले पारदर्शिता, जनउत्तरदायित्व र नागरिक सहभागितालाई प्राथमिकतामा राखेर कार्यान्वयन अगाडि बढाइने बताएका छन्।

गतवर्ष ३४ करोड रहेकोमा यो वर्ष घटेर ३२ करोड ४ लाख ४९ हजार ५२८ रुपैया बजेट विनियोजन गरिएको विश्रामपुर गाउँपालिका प्रमुख जुल्फकार अलि भुटोले बताएका हुन । स्थानीय स्रोतको अधिकतम उपयोग र समावेशी विकासको अवधारणालाई ध्यानमा राखी यो बजेट तयार गरिएको हो। उहाँले समग्र गाउँपालिकाको दिगो विकासका लागि सबै वडामा समानुपातिक रुपमा योजना सञ्चालन गरिने जानकारी दिनुभयो।

आर्थिक वर्ष २०८२ / ८३ का लागि हरेक वडामा ७० लाखको विकास निर्माण देखि अन्य जनताको सेवाको लागि बजेट पाँच वटै वडामा समानान्तर बजेट छुट्टयाइएको पालिका प्रमुख भुटोले बताएका छन् । पालिका भित्र शिक्षा क्षेत्रलाई सुधार गर्ने उदेश्यले रु १ करोड ८२ लाख, स्वास्थ्य क्षेत्रमा ५० लाख, कृषि क्षेत्रका लागि ४० लाख, खेलकुद लगायत १० शैयको अस्पताल निर्माणको संघीय सरकार बाट १० करोड बजेट माग गरिएकोमा ६ करोडको टेन्डर चाडैं गर्न लागेको बताए ।

गाउँसभा सदस्यहरू, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूले बजेटप्रति आफ्नो धारणा राखेका थिए।

भने कार्यक्रमलाई सहजीकरण स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल