21 November ,2025,Friday

गौर नगरपालिकाद्वारा ६१ करोडको बजेट पारित

रौतहट, १० आषाढ । गौर नगरपालिकाको १६ औँ नगर अधिवेशन सम्पन्न भएको छ ।नगर कार्यालय परिसरमा आयोजित १६ औँ नगर अधिवेशनमा मेयर शम्भु साह अगामी आर्थिक वर्ष २०८२–२०८३ को लागि कुल ६१ करोड १५ लाख ९७ हजार २६१ रुपैयाँको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममा युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपक्षी, उद्यमशीलता विकास, रोजगार र पर्यटन, पर्यावरण, वातावरण तथा विपद् व्यवस्थापन, पूर्वाधार सहरी विकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाईलाई प्राथमिकतामा राखेको बताए ।

महिला बालबालिका तथा जेष्ठ नागरिक, सहकारी सङ्घ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता विकास, राजस्व तथा वित्त व्यवस्थापन सहित गौर नगरलाई समुन्नत बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्देश्यबाट नीति तथा कार्यक्रम प्रस्तुत गरिएको मेयर साहको दाबी छ ।

सोमवार सम्पन्न नगर अधिवेशनमा उपमेयर शैल देवी, प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, वडा नम्बर १ देखि ९ सम्मका वडाध्यक्ष, वडा सदस्य, नगरपालिका बोर्ड सदस्यहरू, नागरिक समाजका अगुवा, राजनीतिकर्मीहरूको उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...