27 June ,2025,Friday

परोहा नगरपालिकाले ल्यायो ९ औं नगरसभाबाट ५३ करोड भन्दा बढी बजेट

रौतहट, १० आषाढ । रौतहट जिल्लाको परोहा नगरपालिकाको ९औं नगरसभा आज भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख शेख वकिलको प्रमुख अतिथिमा तथा अध्यक्षतामा सम्पन्न भएको छ ।

सभामा आगामी आर्थिक वर्ष २०८२ / ८३ का लागि ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ। आर्थिक बिकास र उन्नतिको आधार स् पुर्वाधार, कृषि, उधम र रोजगार पहिचानको नाराले परोहा नगरपालिकाले नगर सभा सम्पन्न गरिएको छ ।

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको नगर प्रमुख शेख वकिलले बताए ।

युवा, शिक्षा तथा खेलकुद, आधारभूत स्वास्थ्य, कृषि तथा पशुपन्छी, रोजगार र पर्यटन, वातावरण तथा बिपद ब्यवस्थापन, पुर्वाधार, शहरी बिकास तथा भवन निर्माण, खानेपानी तथा सरसफाइ, महिला, बालबालिका, जेष्ठ नागरिक, सहकारी तथा संघ संस्था, कानुन तथा न्याय, सार्वजनिक सेवा, सुशासन र क्षमता बिकास, राजस्व तथा वित्त ब्यवस्थापन आगामी आर्थिक वर्ष २०८२ / २०८३ को क्षेत्रगत निति तथा कार्यक्रम ल्याएको नगर प्रमुख शेख वकिलले बताएका छन् ।

सो नगरसभामा प्रमुख प्रशासकीय अधिकृत मोहमद मोहफुज अहमद, उपनगर प्रमुख सुगान्धी गिरि, बिधायक प्रत्याशी रामचन्द्र गिरि, वडा अध्यक्ष महेश सिंह, कपिल अन्जुम, नागेन्द्र पटेल, रामबिलाश पटेल, जवाहरलाल राय यादव, खेदु मुखिया लगायत कार्यपालिका सदस्य, नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...