27 June ,2025,Friday

वडा नं. १० को सार्वजनिक सुनुवाई र आगामी योजनासम्बन्धी छलफल सम्पन्न

काठमाडौँ, १२ असार/ काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले चालु आर्थिक वर्षमा ९२ प्रतिशत भौतिक प्रगति र ७४.५२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।
वडा नं. १० मा आयोजना गरिएको सार्वजनिक सुनुवाई र आगामी आर्थिक वर्षका योजनाबारेको छलफल कार्यक्रममा वडाध्यक्ष रामकुमार के. सी. ले विकास र सुविधा प्राप्त गर्ने वडावासीका चाहनाहरूलाई प्राथमिकता दिने आश्वासन दिएका छन्।
कार्यक्रममा बोल्दै वडाध्यक्ष के. सी. ले भने, “हामीले प्रत्येक स्थानमा समान दृष्टिकोण अपनाउँदै पूर्वाधार निर्माण गरेका छौँ। हरेक स्थानमा सबै काम एकैचोटि हुन नसकेको हुन सक्छ, तर यसको अर्थ यो होइन कि त्यहाँ हाम्रो ध्यान पुगेको छैन। विकास भनेको सबै मिलेर गर्ने काम हो, र हामीले ल्याएका योजनामा सबैलाई सहभागी हुनु आवश्यक छ।”
वडा सदस्य सतिश तण्डुकारले धोवीखोला कोरिडोरको अतिक्रमण मुक्त गर्ने र खुला स्थान तथा पार्क निर्माण योजनाको महत्त्वपूर्ण शुरुआत भएको बताउँदै यसले वडावासीको जीवनस्तर सुधार्न मद्दत पुर्याउने आशा व्यक्त गरे। “वडाभित्र ४ वटा बस विसौनीहरूको निर्माण कार्य पनि जारी छ, जसको २ वटा पुरा भइसकेका छन् र २ वटा निर्माणाधीन छन्,” उनले थपे।
सामाजिक क्षेत्रका योजनामा उल्लेख गर्दै वडा सदस्य निरोज अर्यालले खेलकुदको महत्वलाई जोड दिएका छन्। “वडाभित्र खेल मैदानको अभाव भए पनि, खेलकुदका विभिन्न प्रतियोगितामा वडावासीले सम्मान प्राप्त गरेका छन्। आगामी वर्षमा क्षेत्र छुट्याएर खेल कार्यक्रमहरूको आयोजना गर्ने योजना बनाइएको छ,” उनले भने।
महिला सञ्जालका संयोजक रोहिणी श्रेष्ठ र मेलमिलाप कक्षका संयोजक सुनिता भित्रकोटीले पनि आफ्नो कार्यक्षेत्रका बारेमा जानकारी दिए। रोहिणी श्रेष्ठले घरभाडा र आपसी असमझदारीका कारण आएका समस्याहरूको समाधानका लागि काम गर्दै आएको बताइन, भने सुनिता भित्रकोटीले मेलमिलाप प्रक्रियामा सकारात्मक नतिजा प्राप्त भएको उदाहरण प्रस्तुत गरिन्।
सुनुवाईमा वडा सचिव सुवोध खड्काले चालु आर्थिक वर्षका लागि स्वीकृत १०२ योजनामध्ये ५ वटा निर्माण कार्य अझै पूरा नभएको जानकारी दिएका छन्। उनले भने, “सामाजिक क्षेत्रका २० योजनामा ६६ प्रतिशत प्रगति भएको छ, र अन्य योजनाहरू निर्धारित समयमै पूरा भएका छन्।”
सार्वजनिक सुनुवाईमा वडावासीले आफ्ना विभिन्न सुझाव र गुनासाहरू राखे। अधिकांस नागरिकहरूले सडक प्रकाश व्यवस्थापन, तार व्यवस्थापन, र सामुदायिक कुकुरहरूको नियन्त्रण गर्न आवश्यक भएको बताएका थिए। अन्य सेवाग्राहीले सीसीटिभी क्यामरा जडान गर्न र राति सडक उज्यालो बनाउनका लागि माग राखेका थिए।
वडामा २० करोड २७ लाख रुपैयाँको राजस्व संकलन भएको जानकारी दिइएको छ, जुन सम्पत्ति कर, व्यवसाय कर, भूमि कर र अन्य शिफारिसहरूको माध्यमबाट प्राप्त भएको हो। यसका अतिरिक्त, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत १,४७४ जनालाई भत्ता वितरण गरिएको छ।
कार्यक्रममा २८ वडावासीले गुनासा, सुझाव र माग राखेका थिए, जसमा प्रमुख माग तार व्यवस्थापन र सडक प्रकाशसँग सम्बन्धित थिए। वडावासीले जनताको सुरक्षामा ध्यान पुर्याउन र विपद जोखिमलाई कम गर्नका लागि मध्यमकालीन र दीर्घकालीन विकास योजनाहरू बनाउनका लागि सुझाव दिएका थिए।
वडा नं. १० का वडाध्यक्ष रामकुमार के. सी. र अन्य वडासदस्यहरूले वडावासीको सुझाव र मागलाई ध्यानमा राख्दै आगामी योजनाहरूमा सुधार गर्न र उनीहरूको भागीदारी बढाउन प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...