27 June ,2025,Friday

गहवामाईको तेस्रो रथयात्राको भव्य तैयारी पूरा

वीरगंज, १२ असार । तेस्रो गहवामाई रथयात्रा–२०८२ को सम्पूर्ण तयारी सम्पन्न भएको श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिले जनाएको छ । बिहीवार गहवामाई मन्दिरपार्कमा आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष श्याम पोखरेलले शुक्रवार बिहान ७ः३० बजे मन्दिर परिसरबाट शोभायात्रा शुरू हुने आयोजकले जानकारी दिएको छ। कार्यक्रममा समितिका महासचिव लक्ष्मी नारायण गुप्ताले रथयात्रा सुरक्षा र व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी दिँदै यसपटकको कार्यक्रमका लागि करिब २५ लाख रुपियाँ खर्च हुने बताए । उनले रथयात्राको सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको बताए । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, नगर प्रहरी तथा अन्य सुरक्षा निकायसँग विभिन्न चरणमा समन्वय गरी करिब ६ सय स्वयंसेवक परिचालन गरिने उनले बताए । रथयात्राको क्रममा ५० भन्दा बढी स्थानमा पिउने पानी, सर्बत, जुस तथा चिसो पेय पदार्थको स्टल राखिने र शनिवार हुने महाप्रसाद भण्डारा कार्यक्रममा पनि करिब १५ वटा स्टल मार्फत भव्यरूपमा प्रसाद वितरण गरिने समितिले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...