28 June ,2025,Saturday

१०८ शक्तिपीठमा जल चढाउने संकल्पसहित मन्त्री साहु वीरगंजमा

शैलेश गुप्ता

वीरगंज, १३ आषाढ । भारतको मध्यप्रदेश सरकारका मन्त्री रविकरण साहुले आफ्नो जीवनमा विश्वका १०८ देशका शक्तिपीठमा पुगेर माताका मन्दिरमा जल चढाउने संकल्प लिएको बताएका छन्।

शुक्रबार वीरगंजमा आयोजित गहवामाई रथ यात्रामा सहभागी हुन आएका मन्त्री साहुले पत्रकारहरूसँगको कुराकानीमा अहिले सम्म ७ वटा देशका प्रमुख शक्तिपीठमा माताको दर्शन गरी जल चढाइसकेको जानकारी दिए। उनले आगामी दिनमा बाँकी देशहरूमा समेत माताका मन्दिरमा खाली खुट्टा पुगेर दर्शन गर्ने अठोट व्यक्त गरे।

तीन वर्षदेखि चप्पल वा जुत्ता नलगाउने साहुले संसद भवनदेखि मन्त्रीपरिषद्को बैठकसम्म पनि खाली खुट्टा जाने गरेको अनुभव सुनाए। “म आस्थामा विश्वास राख्छु, माताको दर्शनमा सच्चा भक्ति चाहिन्छ, त्यसैले म जहाँ गए पनि खाली खुट्टा जान्छु,” उनले भने।

नेपाल–भारतको धार्मिक पर्यटन प्रवर्द्धनमा पनि आफूले निरन्तर सहयोग गरिरहेको उल्लेख गर्दै मन्त्री साहुले दुई देशबीचको सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

राजनीतिक सवालमा पत्रकारहरूले उठाएका प्रश्नको उत्तर दिँदै मन्त्री साहुले भारतमा लोकतान्त्रिक प्रणाली सुदृढ रहेको र नेपालमा पनि लोकतन्त्रको संरक्षण हुनुपर्ने धारणा राखे।

“नेपालमा पुनः राजतन्त्र फर्किन सक्दैन भन्ने हाम्रो विश्वास छ, भारतीय जनता पार्टी पनि लोकतन्त्रकै पक्षधर हो,” उनले स्पष्ट पारे।

उनको धार्मिक आस्था र सामाजिक संकल्पले नेपालमा धार्मिक पर्यटनको अवसर विस्तार हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...