2 July ,2025,Wednesday

२८ लाख हुण्डी रकमसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय, पर्साले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डी रकमसहित तीन जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–२ बस्ने २६ वर्षीय अनिल कुमार वर्णवाल, वीरगंज महानगरपालिका–३ आदर्शटोल बस्ने २३ वर्षीय बिनित कुमार श्रीवास्तव र बाराको परवानीपुर गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपक कुमार सोनार रहेका छन् । प्रहरीले अनिल कुमार वर्णवाललाई वीरगंज महानगरपालिका–१० मकालु चोकबाट ९ लाख ४७ हजार रुपियाँँसहित पक्राउ गरेको छ भने बिनित कुमार श्रीवास्तवलाई वीरगंज महानगरपालिका–८ कृषि विकास बैंक लिंकरोडबाट १५ लाख ८१ हजार रुपियाँँसहित नियन्त्रणमा लिइएको छ। त्यस्तै बाराका दिपक कुमार सोनारलाई वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ना.१६ प २३२८ नम्बरको मोटरसाइकलमा सवार रहेका बेला ३ लाख रुपियाँँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुबाट कुल २८ लाख २८ हजार रुपियाँ स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी किशोर लम्सालले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम (हुण्डी सम्बन्धी कारोवार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...