3 July ,2025,Thursday

जिल्ला स्तरीय सरकारी कार्यालय तथा स्थानीय तहहरूको वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न

वीरगंज, १८ आषाढ । जिल्ला समन्वय समिति पर्साको आयोजनामा चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम टाउन हल वीरगंजमा सम्पन्न भएको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समिक्षा कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख निरन्जन सर्राफ (अजय सर्राफ) को अध्यक्षता सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रममा चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्राप्त उपलब्धिहरू र भौतिक प्रगति लगायतका विषयमा छलफल गरिएको थियो। साथै, आगामी वर्षका योजनाहरू र सहकार्यको आवश्यकता बारे पनि विस्तृत छलफल गरिएको थियो।

उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री मा. प्रमोद जयसवाल, विषिष्ट अतिथिमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मि, पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमल, पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली र उपाध्यक्ष सुष्मा कुमारी कुशवाहा, जगरनाथपुर गाउँपालिका प्रमुख श्रीकान्त प्रसाद यादव, ठोरी गाउँपालिकाका प्रमुख लाल बहादुर श्रेष्‍ठ, बिन्दबासिनि गाउँपालिकाकि उपमेयर, पटेर्वा सुगौलिकाकि उपमेयर लगायत विभिन्न सरकारी निकाय तथा स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...