6 July ,2025,Sunday

कोही व्यक्ति किन अचानक बोल्न छोड्छन् ?

एजेन्सी, २१ आषाढ । कोही व्यक्तिले अचानक कुराकानी गर्न बन्द गर्दा हरेकलाई चिन्तित बनाउँछ । हिजोसम्म जो व्यक्ति हाँसी खुशी कुरा गरिरहेको थियो, आज त्यही व्यक्ति तपाईंलाई देखेर पनि नदेखेजस्तो गर्दछ । बारम्बार के भयो भनेर सोध्दा पनि तपाईंले केही जवाफ पाउनुहुँदैन । यो साइलेन्ट ट्रिटमेन्ट अर्थात् नबोलेर नै सजाय दिने तरिका हो, जसले कुनै पनि सम्बन्धलाई कमजोर पार्न सक्छ ।

तर, ती व्यक्तिहरू किन यस्तो गर्छन् ? के उनीहरू तपाईंसँग रिसाएका हुन्छन् वा कुनै गहिरो कुराको सङ्केत दिइरहेका हुन्छन् ? आउनुहोस् जानौँ ती कारण, जसले कोही व्यक्तिहरूले साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन् ।

यदि तपाईं बारम्बार अरूको भावनाहरूलाई बेवास्ता गर्नुहुन्छ, उनीहरूको समस्याहरूलाई हल्का रूपमा लिनुहुन्छ वा तपाईंको जीवनमा उनीहरूको महत्त्व छैन जस्तो व्यवहार बारम्बार देखाउनुहुन्छ भने उनीहरू आफूलाई बेवास्ता गरेको महसुस गर्न थाल्छन् । यस कारणले गर्दा उनीहरू कुरा गर्नुको सट्टा केही नबोली बस्ने गर्छन् ।

के गर्नुपर्छ ?
जब कोही आफ्नो भावनाहरू तपाईंलाई सुनाउँछन्, तब उसलाई बुझ्ने प्रयास गर्नुहोस् ।

यदि कुनै व्यक्तिले तपाईंलाई धेरैपटक आफ्नो समस्या भनिसकेको छ तर पनि तपाईं त्यही गल्ती दोहो¥याउनुहुन्छ भने बिस्तारै उनीहरूले आशा गुमाउँछन् र चुपचाप बस्न थाल्छन् । यस्तो अवस्थामा यदि कोही बारम्बार एउटै कुरा दोहोर्याइरहेको छ भने यसलाई गम्भीरताका साथ लिनुहोस् र आफ्नो व्यवहार सुधार्नुहोस् ।

यदि तपाईं हरेक विवादमा आफूलाई सही साबित गर्ने प्रयास गर्नुहुन्छ र अर्को व्यक्तिको भावनाहरूको कदर गर्नुहुन्न भने ऊ बिस्तारै तपाईंबाट टाढा हुन थाल्छ । यस्तो अवस्थामा सधैँ सही हुने जिद्दीपना छोड्नुहोस् र कहिलेकाहीँ आफ्नो पनि गल्ती भएको स्वीकार गर्ने बानी बसाल्नुहोस् ।

कहिलेकाहीँ मानिसहरू आफ्नो कुरा मनाउनका लागि अरूलाई इमोशनली ब्ल्याकमेल गर्न थाल्छन् । यदि तपाईं बारम्बार कसैलाई दोषी महसुस गराउनुहुन्छ वा उनीहरूलाई आफ्नो हिसाबले चलाउने प्रयास गर्नुहुन्छ भने उनीहरू तपाईंबाट टाढा हुन थाल्छन् र साइलेन्ट ट्रिटमेन्ट दिन थाल्छन् । यो समयमा अर्को व्यक्तिको भावनाहरूको सम्मान गर्नुहोस् र जबरजस्ती आफ्नो कुरा मनाउने प्रयास नगर्नुहोस् ।

कहिलेकाहीँ मानिसहरू विवाद, तनाव वा सम्बन्धको कठिनाइले थाक्छन् । उनीहरूलाई कुरा गर्नाले झनै सम्बन्ध बिग्रन्छ भन्ने लाग्न सक्छ । त्यसैले उनीहरू दूरी बनाउनु नै राम्रो ठान्छन् । यस्तो अवस्थामा यदि अर्को व्यक्ति मानसिक रूपमा चिन्तित छ जस्तो लाग्यो भने उसलाई स्पेस दिनुहोस् र आफू सधैँ साथमा रहेको कुरा बताउनुहोस् ।

‘साइलेन्ट ट्रिटमेन्ट’ एकैपटक हुने प्रतिक्रिया होइन, यो यस्तो अवस्था हो जसमा तपाईंको पनि कहीँँ कतै गल्ती भइरहेका छ । यदि तपाईंको आफ्नो व्यक्ति तपाईंबाट टाढा भइरहेको छ भने, समय लिएर सोच्नुहोस् र आफ्नो गल्ती सुधार गर्नुहोस् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...