29 December ,2025,Monday

थारुको नेतृत्वमा भाथाधाम मेला पत्रकार समिति गठन, आषाढ २७ देखि मेला शुरु

वीरगंज, २१ आषाढ । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं ०१ मा हरेक वर्ष लाग्ने भाथाधाम मेलाको प्रचार प्रसारका लागि पत्रकारहरुको समिति गठन भएको छ । संचारकर्मी शम्भु महतो थारूको संयोजकत्वमा शनिबार समिति गठन भएको हो ।

श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ भाथा धाम मेला यहि असार २७ गते देखि लाग्ने भएकोले समितिले जिल्ला लगायत देश तथा बिदेशमा समेत प्रचार प्रसारका लागि काम गर्नेछ । संयोजक थारुको नेतृत्वमा गठन भएको कमिटिमा समितिका सदस्यमा राजेन्द्र सिंह राजपुत, शैलेश गुप्ता, कृष्णा कुशवाहा, पनालाल साह, राजन कुमार सिंह, बलिराम यादव लगायतका सदस्यहरू रहेका छन ।

विगतको वर्षमा भारतबाट आउने श्रद्धालुहरुलाई भएको विभिन्न समस्यालाई सहज पार्न समितिले अहिले देखि सक्रिय भएर काम शुरु गरेको बताईएको छ । समितिका सम्पूर्ण सदसयले आ–आफ्नो तर्फबाट भाथाधाम मेलाको प्रचार प्रसार तिब्र रूपमा गर्ने सहमति भएको हो। यही असार २९ गते आईतबार भाथाधामको अवलोकन समेत गर्ने सर्व सहमति बाट निर्णय भएको समितिका संयोजक थारुले जानकारी गराएका छन ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल