8 July ,2025,Tuesday

मधेसमा पानीको समस्या जटिल बन्दैछ

काठमाडौँ, २३ असार: प्रतिनिधिसभा सदस्य रामकृष्ण यादवले तराई मधेसमा खानेपानी र सिँचाइको समस्या जटिल बन्दै गएकातर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सिँचाइको व्यवस्था नहुँदा आकाशेपानीको भर पर्नुपरेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद यादवले तराई मधेस अन्नको भण्डार भएको उल्लेख गर्दै उहाँले स्यालो ट्युबेल, पम्पिङ सेट, सिँचाइका मर्मतसम्भार, नदी नाला र बाँध बाध्ने व्यवस्थाका लागि आग्रह गर्नुभयो ।
सांसद यादवले तराईका कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध नहँुदा कृषि उत्पादकत्व र उत्पादनमा असर गरिरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो । “असार महिना सकिनलाग्दासमेत तराई मधेसमा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । सिँचाइमा ध्यान नदिए अन्नको हाहाकार हुनसक्छ”, उहाँले भन्नुभयो, “खानेपानीको पनि धेरै समस्या छ । दुई सय ५० फिटसम्म गहिराइबाट पानी तान्नुपर्ने अवस्था छ । कतिपय ठाउँमा चार सय ५० फिटसम्म खन्दा पनि पानी आउन छाडेको छ ।”
विशेष समयमा जनमत पाटीका सांसद अब्दुल खांनले नेपालगञ्ज जमुनाह नाका, रुपैडिहामा आवातआवतमा सहज बनाउन आग्रह गर्नुभयो । “सिमामा भारतीय शसस्त्र प्रहरी बल (एसएसबी) ले नेपालीलाई घन्टौँसम्म उभ्याउने काम भएको छ । घरेलु प्रयोगका लागि सामान ल्याउँदासमेत नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट सामान जफत भइरहेको छ”, सांसद खानले भन्नुभयो ।
सोही क्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले कृषकलाई समयमा सिँचाइ र मल उपलब्ध गराउन सभामुखमार्फत सरकारसँग माग गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चोभार गल्छीलाई मास्न नहुने र साविकबमोजिम नदी चौडा गर्न सुझाब प्रस्तुत गर्नुभयो । उहाँले चिकित्सकको आन्दोलनबारे ध्यानार्कषण गराउँदै कृषकलाई मल उपलब्ध गराउनुका साथै डेङ्गी नियन्त्रणका लागि सचेत गराउनुभयो ।
आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका सिपाहीलाई घरेलु काममा लगाइएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले यसबारे संसदीय छानबिन गर्नसमेत माग गर्नुभयो ।
“सुरक्षा निकायका तल्लो दर्जाका सिपाहीलाई घरेलु कामदारमा लगाइएको छ । देश र जनताको सेवा सुरक्षा गर्छु भनेर सुरक्षा निकायमा प्रवेश गरेकाहरूलाई नेता र उच्च ओहदाका प्रहरीकै घरमा काम गर्न लगाइएको छ”, उहाँले भन्नुभयो, “गृहमन्त्रीलाई सोध्न चाहन्छु, तपाईहरूको कमाण्डमा सुरक्षा निकाय छ कि छैनन् ? कानुनअनुसार सरकार चल्छ भने यो किन भइरहेको छ ?”
विशेष समयमा सांसद योगेन्द्र मण्डलले रासायनिक मलको वितरणबारे सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले वीरगञ्जको भन्सार र तातोपानी भन्सारमा मल खेर गएको भन्दै त्यसबारे छानबिन गर्न माग गर्नुभयो ।
यस्तै, नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद दामोदर पौडेल वैरागीले प्रदेश र स्थानीय सरकारले फेवाताल क्षेत्राधिकारसम्बन्धी विवादबारे ध्यानार्कषण गराउनुभयो । उहाँले पानीको क्षेत्र, हरियाली र सिमसार क्षेत्र कति हो भन्ने यकिन नगरीकन पिल्लर गाड्ने काम गर्न नहुने बताउनुभयो । सांसद पौडेलले विकास निर्माण आयोजनाका काम समयमा सुरु नहुने र भए पनि तोकिएको समयमा सम्पन्न नहुने भन्दै ध्यानार्कषण गराउनुभयो । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...