1 August ,2025,Friday

सवा करोडको सामानसहित ट्रक नियन्त्रण

वीरगंज, २४ असार । जिल्ला प्रहरी कार्यालय, बाराले १ करोड २५ लाख २४ हजार बराबरको विभिन्न सामानहरू सहित एउटा ट्रक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ ।
असार २४ गते बिहान इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंजमा वीरगंज बाट काठमाण्डौ जाँदै गरेको ना ८ ख ७२४२ नम्बरको डिब्बा ट्रक चेकजाँच गर्दा बिलबिजक भन्दा फरक र भन्सार नभएका अबैध भन्सार छलीका रू. १ करोड २५ लाख २४ हजार बराबरको कस्मेटिक, कोकोनट, आल्मोन्ड (बदाम), कपडा, सर्जिकल सामानहरू तथा इलेक्ट्रिक सामान, मोबाइलका पाटपुर्जा, औषधीजन्य सामानहरू सहित कन्टेनर ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...