31 July ,2025,Thursday

पोखरेश्वर महादेवको मन्दिर परिसरमा बृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरिया, २५ आषाढ । श्रावण महिनामा प्रत्येक सोमवार जल अर्पण गर्ने भक्तजनहरूको उल्लेख्य भीड रहने पोखरिया नगरपालिका वडा नं ४ स्थित सुप्रसिद्ध पोखरेश्वर महादेवको मन्दिर परिसरमा आज बिहान बृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।

पोखरिया बजरंग समितिको आयोजनामा सम्पन्न यस कार्यक्रमले मन्दिर परिसरको स्वच्छता र भक्तजनहरूको सुविधा सुनिश्चित गर्ने उद्देश्यले राखिएको थियो। कार्यक्रम बुधवार बिहान ७ बजेबाट सुरु भई झण्डै तीन घण्टा जारी रह्यो ।

सरसफाइ कार्यक्रममा नगर प्रमुख, पुर्व नगर प्रमुख, साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रीय युवा संघका जिल्ला सचिवालय सदस्य सुजीत गिरी, युवा नेता कौशल किशोर साह, पोखरिया बजरंग युवा समाज अध्यक्ष पवन गुप्ता, वरिष्ठ सल्लाहकार अमेरिका रौनियार, नगर प्रहरी, सशस्त्र प्रहरी बल पोखरिया क्याम्प, र इलाका प्रहरी कार्यालय पोखरियाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय श्रद्धालु, सामाजिक अभियन्ता, युवा स्वयंसेवक तथा नागरिक अगुवाहरू समेत उत्साहपूर्वक सहभागी भएका थिए। सहभागीहरूले मन्दिर परिसर, बाटोघाटो, पानीको मुहान तथा वरपरको वातावरणलाई सफा गर्ने कार्यमा सक्रिय भूमिका खेले ।

नगर प्रमुखले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “साफसुथरो वातावरणमा मात्र धार्मिक आस्था टिक्न सक्छ। यो अभियान धार्मिक, सामाजिक र सांस्कृतिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो।” उनले पोखरेश्वर मन्दिर क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सरसफाइ र व्यवस्थापनलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

 

पोखरिया बजरंग समितिका पदाधिकारीहरूले पनि श्रावण महिनाभर यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रमले स्थानीय स्तरमा धार्मिक जागरूकता, सामाजिक एकता र सरसफाइप्रतिको संवेदनशीलता बढाउने काम गरेको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...