29 December ,2025,Monday

गुरुपूर्णिमा तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न

वीरगंज, २६ आषाढ । नेपाल एटिमी क्योकुशिन कराते संघ पर्साको आयोजनामा बिहीबार, गुरुपूर्णिमाको अवसरमा शुभकामना आदानप्रदान तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्री शिव जी गुप्ता, विशिष्ट अतिथिको रूपमा क्योकुशिन कराते संघका केन्द्रिय सदस्य धनञ्जय मिश्रा,पर्सा जिल्ला एथलेटिक खेलका अध्यक्ष तथा प्रशिक्षक बिशेसर पटेल, अतिथीमा वरिष्ठ पत्रकार जगत राय, पत्रकार राजन कुमार सिंह, राकेश साह, आनन्द पटेल, आरोहन साह लगायत खेलप्रेमी तथा कराते खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा १४५ जन खेलाडिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम अन्तर्गत आयोजित ग्रेडिङ परीक्षणमा दुई जना खेलाडीहरूलाई ब्ल्याक बेल्ट प्रदान गरिएको थियो। खेलाडीहरूले आफ्नो सीप, अनुशासन र कठोर प्रशिक्षणको आधारमा यो पदवी प्राप्त गरेका हुन्।

उक्त कार्यक्रम नेपाल एटिमी क्योकुशिन कराते संघका राष्ट्रिय अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा पर्सा जिल्ला खेलकुद परिषदको प्राङ्गणमा सम्पन्न भएको थियो।

प्रमुख अतिथि गुप्ताले खेलकुदले युवाहरूमा आत्मबल, अनुशासन र राष्ट्रप्रेम जागृत गराउने बताउँदै, आगामी दिनमा अझ यस्ता सकारात्मक कार्यक्रमहरू आयोजना हुने विश्वास व्यक्त गर्नुभयो। 

उक्त कार्यक्रमको सहजिकरण पर्सा जिल्ला एथलेटिक खेलका अध्यक्ष तथा प्रशिक्षक बिशेसर पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल