14 July ,2025,Monday

श्रीलङ्कामा जुनमा ६३ करोड ५० लाख डलर रेमिट्यान्स प्राप्त

कोलम्बो, २९ असार : श्रीलङ्काको केन्द्रीय बैङ्क (सीबीएसएल) को पछिल्लो तथ्याङ्कअनुसार विदेशमा रहेका श्रीलङ्काका नागरिकले जुन महिनामा ६३ करोड ५७ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन् । यो सन् २०२४ को जुनको तुलनामा २२ प्रतिशतले बढी हो ।
सन् २०२४ मा कुल विप्रेषण छ अर्ब ५७ करोड डलर प्राप्त भएको थियो । सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा विप्रेषण तीन अर्ब ७० करोड डलरभन्दा बढी रहेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.९ प्रतिशतले बढी हो ।
श्रीलङ्काका लागि विप्रेषण नै वैदेशिक आयको प्रमुख स्रोत हो ।
श्रीलङ्काबाट सन् २०१९ मा तीन लाख १२ हजार ८३६ जनाले वैदेशिक रोजगारीका लागि विदेशिएका थिए । (रासस/एएफपी)
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...