14 July ,2025,Monday

नारायणी अस्पतालमा स्तन क्यान्सर जाँच कक्ष र निसन्तान उपचार केन्द्रको मन्त्री पौडेलद्वारा उदघाटन

वीरगंज, २९ असार/ स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नारायणी अस्पतालमा महिलाको स्तन क्यान्सरको जाँच कक्ष र निसन्तान उपचार केन्द्रको उदघाटन गरेका छन् ।
मन्त्री पौडेलले नारायणी अस्पतालको सेवा गुणस्तर बृद्धिका लागि स्वास्थ्य मन्त्रालय सक्रिय रहेको बताए । उनले स्वास्थ्यकर्मीले इमान्दार भएर काम गरे तथा यहाँका राजनीतिक दल र वीरगंजवासीले साथ दिएमा अबको एक वर्षपछि नारायणी अस्पताल देशमै नमूना अस्पताल हुने बताए ।
उनले अस्पतालको भवन निर्माणको मुद्दा टुंगो लागि सकेको, क्याथ ल्याबको भवन हस्तान्तरणको तयारीमा रहेको र अन्य सेवाको लागि आठ तल्ले सुविधा सम्पन्न भवनको गुरूयोजनाको लागि सरकार कटिबद्ध रहेको बताए । नारायणी अस्पतालमा पछिल्लो समय सुधारका धेरै कामहरू भएको उनले बताए ।
अस्पताल विकास समितिका अध्यक्ष धिरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेसु डा. चुमनलाल दास, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,पर्साका सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल कांग्रेसका मधेस प्रदेश उपसभापति चन्द्रेशखर यादव, पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको सहभागीता थियो ।
मेसु डा. दासले मधेसमै सरकारी अस्पतालमा स्तन क्यान्सरको जाँच र निसन्तान उपचार केन्द्रको सेवा शुरू भएकोले यस भेगको लागि यो नयाँ र प्रभावकारी सेवा भएको बताए । ती दुवै उपचार सेवाका लागि वीरगंज आसपासका बिरामीहरू निजी अस्पताल, काठमाडौं र छिमेकी मुलुक भारतका अस्पतालमा जान बाध्य नहुने बताए ।
स्तन क्यान्सरको जाँच(मेमोग्राम) सेवा र बाँझोपनको उपचार (आइयुआई) सेवाले निसन्तान दम्पतीहरूका लागि आशाको केन्द्र साबित हुने तथा नाारायणी अस्पतालमा पाठेघरको मुखको क्यान्सरको जाँच र उपचार, क्यान्सरको स्क्रिनिङ र केमोथेरापी सेवा पनि यसअघि नै सञ्चालनमा आइसकेको उनले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...